गाजामा इजरायली हमलामा ७३ जनाको मृत्यु
काठमाडाैँ । गाजामा इजरायलले गरेको बमबारीमा कम्तिमा पनि ७३ जनाको ज्यान गएको छ । मध्यराति यता भएको यस आक्रमणमा गाजाको एउटा विस्थापितहरू बस्ने शेल्टरमा मात्रै बालबालिकासमेत कम्तिमा २२ जानको मृत्यु भएको छ ।
इजरायलले गाजामा आक्रमण तीव्र पारिरहँदा दिनँहु दर्जनौं मानिसले ज्यान गुमाइरहेका छन् । २०२३ को अक्टोबर ७ यता इजरायलले गाजामा गरेको आक्रमणमा कम्तिमा पनि ५३ हजार ४७५ जनाको मृत्यु भइसकेको छ । यही वर्षको जनवरी १९ देखि मार्च १७ सम्म भएको युद्धविराममा मात्रै १७० जनाको ज्यान गएको थियो ।
यसैबीच बेलायती प्रधानमन्त्री केयर स्टारमर, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले संयुक्त विज्ञप्ति जारी गर्दै इजरायलले गाजामा आफ्नो नयाँ सैन्य कारबाही बन्द गरेन र मानवीय सहायतामाथि लगाइएको प्रतिबन्ध हटाएन भने प्रतिक्रियामा ठोस कदम चाल्ने चेतावनी दिएका छन् ।
यी नेताहरूले हमासलाई पनि अक्टोबर ७ मा बन्धक बनाइएका इजरायलीहरूलाई रिहा गर्न पनि अपील गरेका थिए । ‘आतंकवादबाट आफ्ना नागरिकहरूलाई जोगाउने इजरायलको अधिकारलाई हामीले सधैंसमर्थन गरेका छौं । तर यो बढ्दो हिंसा पूर्णतया गलत छ ।’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण