मन्त्रिपरिषद् बैठक
गभर्नर नियुक्ति गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू
मङ्गलबार, ०६ जेठ २०८२, १८ : १९
सारांश
- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भयो। बैठकले गभर्नर सिफारिस समितिको सिफारिस अनुमोदन गर्नेछ।
- नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो।
- अर्थमन्त्रीको संयोजकत्वमा गभर्नर सिफारिस समितिले डा. विश्व पौडेललाई गभर्नरका लागि सिफारिस गरेको थियो।
काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । मङ्गलबार साँझ ६ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको हाे ।
मङ्गलबार दिउँसो नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
भेटवार्तापछि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति बैठक बसेको थियो । बैठकले प्रा.डा. विश्व पौडेललाई पहिलो नम्बरमा राख्दै निलम ढुङ्गाना तिम्सिना र दिनेश भट्टराईको नाम सरकारसमक्ष सिफारिस गरेको थियो ।
बालुवाटार उच्च स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले सिफारिस समितिको पहिलो नम्बरमा रहेका पौडेललाई नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
-
सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
-
प्रदेश सरकारको चाबी नेकपाको हातमा, तर पार्टीभित्र दुई मत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण