आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक समिति गठन
सारांश
- सर्वोच्चको आदेशपछि एनआरएनएको अध्यक्ष बनेका महेश श्रेष्ठले न्यायिक समिति गठन गरेका छन्।
- आरके शर्माको संयोजकत्वमा गठित समितिले आर्थिक हिनामिनालगायत विषयमा अध्ययन गर्नेछ।
- बैठकले एमआईएस सिस्टम प्रयोग नगर्न र क्षेत्रीय बैठकको मिति तथा स्थान तोक्ने जिम्मा क्षेत्रीय संयोजकलाई दिएको छ।
काठमाडौँ । सर्वोच्च अदालतको परमादेशअनुसार भएको एकता महाधिवेशनबाट आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष बनेका महेश श्रेष्ठले एक कमिटी गठन गरेका छन् । श्रेष्ठ नेतृत्वको कार्यसमितिको हालै बसेको बैठकबाट एक उच्चस्तरीय न्यायिक समिति गठन गरेको हो ।
बैठकले एनआरएन अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । शर्मा नेतृत्वको समितिले आवश्यकता अनुसार सदस्यहरू थप गर्ने बताइएको छ । सो समितिले एनआरएनएभित्र भएका आर्थिक हिनामिनालगायतका विषयमा आवश्यक अध्ययन गरेर सत्यतथ्य पत्ता लगाउने बताइएको छ ।
यसैगरी, संसारभरका राष्ट्रिय समन्वय परिषद् एनसीसीहरुलाई अर्को पक्षको अनधिकृतरुपमा नियन्त्रणमा रहेको एमआइएस सिस्टम प्रयोग नगर्न पनि बैठकले आग्रह गरेको छ । महासचिव बाबुराम (बीआर) लामाका अनुसार एनसीसीहरुलाई आफ्नै पोर्टलबाट आवेदन खोल्न अनुरोध गर्ने र आफ्नै पोर्टल नभएका एनसीसीहरुलाई आईसीसीसँग समन्वय गर्न भनिएको छ ।
यसैगरी क्षेत्रीय बैठकहरू आयोजना गर्ने विषयमा मिति र स्थान तय गर्ने जिम्मा क्षेत्रीय संयोजकहरूलाई नै दिने निर्णय पनि बैठकले गरेको गरेको छ।
यसैबीच श्रेष्ठ नेतृत्वको कार्यसमितिको प्रवक्ता गंगाधर गौतमलाई तोकिएको बताइएको छ । बेल्जियम निवासी उनले आफूले काम थालिसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण