बुधबार, ०७ जेठ २०८२
ताजा लोकप्रिय

आरके शर्माको संयोजकत्वमा एनआरएनए न्यायिक समिति गठन

प्रवक्तामा गौतम
मङ्गलबार, ०६ जेठ २०८२, २० : १७
मङ्गलबार, ०६ जेठ २०८२

समाचार सारांश

  • सर्वोच्चको आदेशपछि एनआरएनएको अध्यक्ष बनेका महेश श्रेष्ठले न्यायिक समिति गठन गरेका छन्।
  • आरके शर्माको संयोजकत्वमा गठित समितिले आर्थिक हिनामिनालगायत विषयमा अध्ययन गर्नेछ।
  • बैठकले एमआईएस सिस्टम प्रयोग नगर्न र क्षेत्रीय बैठकको मिति तथा स्थान तोक्ने जिम्मा क्षेत्रीय संयोजकलाई दिएको छ।

काठमाडौँ । सर्वोच्च अदालतको परमादेशअनुसार भएको एकता महाधिवेशनबाट आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष बनेका महेश श्रेष्ठले एक कमिटी गठन गरेका छन् ।  श्रेष्ठ नेतृत्वको कार्यसमितिको हालै बसेको बैठकबाट  एक उच्चस्तरीय न्यायिक समिति गठन गरेको हो । 

बैठकले एनआरएन अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । शर्मा नेतृत्वको समितिले आवश्यकता अनुसार सदस्यहरू थप गर्ने  बताइएको छ । सो समितिले एनआरएनएभित्र भएका आर्थिक हिनामिनालगायतका विषयमा आवश्यक अध्ययन गरेर सत्यतथ्य पत्ता लगाउने बताइएको छ । 

यसैगरी, संसारभरका राष्ट्रिय समन्वय परिषद् एनसीसीहरुलाई अर्को पक्षको अनधिकृतरुपमा नियन्त्रणमा रहेको एमआइएस सिस्टम प्रयोग नगर्न पनि बैठकले आग्रह गरेको छ । महासचिव बाबुराम (बीआर) लामाका अनुसार एनसीसीहरुलाई  आफ्नै पोर्टलबाट आवेदन खोल्न अनुरोध गर्ने र आफ्नै पोर्टल नभएका एनसीसीहरुलाई आईसीसीसँग समन्वय गर्न  भनिएको छ ।

यसैगरी क्षेत्रीय बैठकहरू  आयोजना गर्ने विषयमा मिति र स्थान तय गर्ने जिम्मा क्षेत्रीय संयोजकहरूलाई नै दिने निर्णय पनि  बैठकले गरेको गरेको छ।  
यसैबीच श्रेष्ठ नेतृत्वको कार्यसमितिको प्रवक्ता गंगाधर गौतमलाई तोकिएको बताइएको छ । बेल्जियम निवासी उनले आफूले काम थालिसकेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप