दुई हिमाल आरोहणपछि कविता नेपालीले के भनिन् ?
सारांश
- अभिनेत्री कविता नेपालीले सगरमाथा र ल्होत्से हिमालको सफल आरोहण गरिन्। उनले एकै दिनको फरकमा दुवै हिमाल चढेकी हुन्।
- आरोहणका तस्बिर सार्वजनिक गर्दै उनले आफूलाई फेला पारेको र यो यात्रा सपना देख्नेहरूका लागि भएको बताइन्।
- कविताले निर्मल पुर्जाको आरोही दलमार्फत आरोहण गरेकी हुन्। उनी फिल्म 'एक्लो' बाट डेब्यु गर्दैछिन्।
काठमाडौँ । डान्सर तथा अभिनेत्री कविता नेपालीले हालै सगरमाथा र ल्होत्से हिमाल आरोहण गरेकी छन् । एक दिनको अन्तरालमा उनले यी दुई हिमाल चढेकी हुन् ।
कविताले सगरमाथा र ल्होत्से आरोहणका तस्बिर बुधवार सामाजिक सञ्जाल मार्फत शेयर गरेकी छन् । जसमा दुवै हिमालको चुचुरोमा उनले राष्ट्रिय झन्डा फरफराएको देख्न सकिन्छ ।
तस्बिरका साथ उनले आरोहणका क्रममा हराइरहेको आफूलाई फेला पारेको बताएकी छन् ।
‘यो यात्रा केवल शिखरहरूको बारेमा मात्र थिएन, यो सपना देख्नेहरू, र सीमाहरू भन्दा माथि उठ्ने साहस गर्नेहरूका लागि हो’, उनले भनिन्, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा मैले यसलाई जितिनँ, म यो जितभन्दा माथि थिएँ । म एक व्यक्तिको रूपमा हुर्किएँ ।’ उनले केही सिकेको समेत धारणा राखेकी छन् ।
कविताले निर्मल पुर्जाको आरोही दल एलिट एक्सिपिडिसनमार्फत हिमाल चढेकी हुन् । कविता फिल्म अभिनेत्री पनि हुन् । उनको डेब्यु फिल्म ‘एक्लो’ प्रदशृनमा आउन बाँकी छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण