राजनीतिक भागबन्डा नमिलेपछि पोखरा विश्वविद्यालयमा भद्रगोल
सारांश
- पोखरा विश्वविद्यालयमा राजनीतिक भागबन्डा नमिल्दा समस्या उत्पन्न भएको छ। विभिन्न पदहरूमा कुरा नमिलेपछि मंगलबारको बैठक निष्कर्षमा पुग्न सकेन।
- माओवादी निकट प्राध्यापक संगठनले परीक्षा नियन्त्रक र डीनको माग गरेपछि कुरा मिलेको छैन, भने कांग्रेसले पनि परीक्षा नियन्त्रक पदको दाबी गरेको छ।
- अन्ततः, परीक्षा नियन्त्रकको पदमा प्रा.डा. निर्मला जम्मकट्टेललाई तीन महिनाका लागि जिम्मेवारी दिइएको छ।
पोखरा । राजनीतिक रूपमा भागबन्डा नमिलेपछि पोखरा विश्वविद्यालयमा भद्रगोल देखिएको छ । विगतमा विभिन्न पदहरूमा राजनीतिक भागबन्डा हुँदै आएको यहाँ यसपालि कुरा नमिल्दा समस्या उत्पन्न भएको हो ।
भागबन्डा मिलाउनका लागि मंगलबार बसेको बैठक निष्कर्षमा पुग्न सकेन । प्राध्यापक संघ, सङ्गठनहरू अडानबाट पछि नहटेपछि भागबन्डा नमिलेको बैठकका सहभागी सदस्यहरूले बताए ।
माओवादी निकट प्राध्यापक संगठनले परीक्षा नियन्त्रक र एउटा डीन माग गरेपछि कुरा नमिलेको ती सदस्यको भनाइ छ । हाल विश्वविद्यालयमा एमालेबाट उपकुलपति र कांग्रेसबाट रजिस्ट्रार नियुक्त गरिएका छन् ।
रजिस्ट्रार नै परीक्षा समितिको संयोजक हुने भएकोले परीक्षा नियन्त्रक फरक पार्टीबाट हुनुपर्ने माओवादीको माग छ ।
आफूहरूको माग जायज भएकोले अडान कायम रहने माओवादी निकट प्राध्यापक सङ्घका अध्यक्ष राजु पाण्डेले बताए ।
एमाले निकट प्राध्यापक संगठनका अध्यक्ष दीपमाला श्रेष्ठले सबै राजनीतिक भागबन्डा मिलाएर लैजाने जिम्मा उपकुलपति र रजिष्ट्रारलाई दिइएको सुनाए ।
कांग्रेसले चाहिँ दुई पटकसम्म परीक्षा नियन्त्रक माओवादीले पाएको भन्दै यसपालि आफ्नो दावी रहेको बताएको छ । कांग्रेस निकट प्राध्यापक सङ्घका अध्यक्ष घनश्याम तिवारीले यस पटक नियन्त्रक पनि कांग्रेसको हुनुपर्ने बताए ।
विभिन्न पदहरूमा भागमण्डा मिल्न नसक्दा परीक्षा नियन्त्रक काम चलाउको रूपमा नियुक्त गरिएको छ । उपकुलपति वेदराज केसीले मंगलबार नै चलाउको रूपमा बढीमा तीन महिना रहने गरी परीक्षा नियन्त्रकका रूपमा प्राध्यापक डाक्टर निर्मला जम्मकट्टेललाई जिम्मेवारी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण