छत्तीसगढ : मुठभेडमा २६ माओवादी मारिएको प्रहरीको दाबी
सारांश
- छत्तीसगढको नारायणपुरमा सुरक्षाकर्मी र माओवादीबीचको मुठभेडमा २६ माओवादी मारिएको प्रहरीको दाबी छ।
- राज्यका गृहमन्त्रीका अनुसार ओरछा क्षेत्रमा ५० घण्टादेखि खोजी अभियान चलिरहेको थियो र केही ठूला माओवादी नेताहरू पनि मारिएका छन्।
- सरकारले छत्तीसगढलाई 'रातो आतंक'बाट मुक्त गर्न प्रतिबद्धता जनाएको छ र विगत १५ महिनामा ४०० भन्दा बढी माओवादी मारिएका छन्।
छत्तीसगढ । भारतको छत्तीसगढस्थित माओवादी प्रभावित क्षेत्र नारायणपुरमा भएको मुठभेडमा २६ माओवादी मारिएको प्रहरीले दाबी गरेको छ।
राज्यका गृहमन्त्री विजय शर्माले बुधबार भने, ‘ओरछा क्षेत्रमा लगभग ५० घण्टादेखि खोजी अभियान चलिरहेको थियो। यसमा २६ भन्दा बढी माओवादी मारिएका छन्। केही ठुला माओवादी नेताहरू पनि मारिएको रिपोर्ट आएको छ।’
उनले मारिएका माओवादीहरूको संख्या बढ्न सक्ने कुरालाई अस्वीकार गरेका छैनन्। उनले खोजी कार्य अझै जारी रहेको बताए । मन्त्री शर्माले भने, ‘हाम्रो सरकार छत्तीसगढलाई 'रातो आतंक'बाट मुक्त गर्न प्रतिबद्ध छ।’
विगत १५ महिनामा, छत्तीसगढमा प्रहरीले माओवादीहरूविरुद्ध सघन कारबाही सञ्चालन गरिरहेको छ, जसमा अहिलेसम्म ४०० भन्दा बढी सन्दिग्ध माओवादीहरू मारिएका छन्।
केन्द्रीय गृहमन्त्री अमित शाहले मार्च ३१, २०२६ सम्ममा देशबाट माओवाद पूर्ण रूपमा उन्मूलन गर्ने घोषणा गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण