उत्तर प्रदेशमा आँधीबेहरीका कारण १४ जनाको मृत्यु
बिहीबार, ०८ जेठ २०८२, ११ : ५४

नयाँ दिल्ली । बुधबार साँझ उत्तर प्रदेश लगायत भारतका कयौँ क्षेत्रमा आएको आँधीले जनधनको ठुलो क्षति भएको छ । बीबीसी संवाददाता सैयद मोजिज इमामका अनुसार उत्तर प्रदेशमा आँधीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ ।
मौसम विभागले उत्तर प्रदेशका ४७ जिल्लाका लागि अलर्ट जारी गरेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको कार्यालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा सम्बन्धित अधिकारीहरूलाई राहत कार्य पूर्ण रूपमा छिटो सम्पन्न गर्न निर्देशन दिइएको बताएको छ ।
बुधबार आएको आँधीबाट उत्तर प्रदेश मात्र नभई दिल्लीका धेरै क्षेत्रहरू पनि प्रभावित भएका छन् । राजधानी दिल्लीका धेरै क्षेत्रमा रूख ढलेर धेरै सवारी साधनमा क्षति पुगेको थियो । यसका कारण धेरै क्षेत्रमा यातायात अवरुद्ध भयो भने मेट्रो सेवा पनि प्रभावित भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेविसंघद्वारा ‘अच्युत स्मृति अक्षयकोष’ स्थापनाका लागि रकम हस्तान्तरण
-
आगामी आर्थिक वर्षको बजेट तयारीमा व्यस्त अर्थ मन्त्रालय
-
माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छ : अध्यक्ष प्रचण्ड
-
‘कुलिङ पिरियड’ को प्रावधानबाट पछि हट्दैनौँ : खतिवडा
-
काठमाडौँमा ‘दक्षिण एसिया क्षेत्रीय युवा कार्यशाला’ सुरु
-
मुख्यसचिवकै नेतृत्वमा ‘कुलिङ पिरियड’ उल्ट्याउने कसरत, शक्तिकेन्द्रमा अस्वाभाविक दौडधुप