भारतीय उच्चायोगका एक कर्मचारीलाई पाकिस्तानले दियो देश छोड्न आदेश
इस्लामवाद । भारत र पाकिस्तानबिचको सम्बन्धमा तनाव जारी छ । यस्तोमा पाकिस्तानले इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई देश छोड्न भनेको छ ।
सम्बन्धित भारतीय कर्मचारीलाई २४ घण्टा भित्र पाकिस्तान छोड्न भनिएको छ । पाकिस्तानको विदेश मन्त्रालयले भारतीय उच्चायोगका चार्ज डी अफेयर्सलाई बोलाएर यो निर्णयको बारेमा जानकारी गराएको छ ।
पाकिस्तानी अधिकारीमाथि भारतमा उनको आधिकारिक हैसियत अनुरूप नभएका गतिविधिहरूमा संलग्न भएको आरोप लगाइएको छ । पाकिस्तानी अधिकारीलाई २४ घण्टा भित्र भारत छोड्न भनिएको थियो ।
यसअघि मे २१ मा भारत सरकारले पाकिस्तानी उच्चायोगका अर्का अधिकारीलाई ‘अवाञ्छनीय व्यक्ति’ घोषित गरेको थियो । भारतीय विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, पाकिस्तान उच्चायोगलाई भारतमा रहेका कुनै पनि पाकिस्तानी कूटनीतिज्ञ वा अधिकारीले आफ्नो विशेषाधिकार र हैसियतको कुनै पनि हिसाबले दुरुपयोग नगरोस् भन्ने कुरा सुनिश्चित गर्न भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण