भारतीय उच्चायोगका एक कर्मचारीलाई पाकिस्तानले दियो देश छोड्न आदेश

इस्लामवाद । भारत र पाकिस्तानबिचको सम्बन्धमा तनाव जारी छ । यस्तोमा पाकिस्तानले इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई देश छोड्न भनेको छ ।
सम्बन्धित भारतीय कर्मचारीलाई २४ घण्टा भित्र पाकिस्तान छोड्न भनिएको छ । पाकिस्तानको विदेश मन्त्रालयले भारतीय उच्चायोगका चार्ज डी अफेयर्सलाई बोलाएर यो निर्णयको बारेमा जानकारी गराएको छ ।
पाकिस्तानी अधिकारीमाथि भारतमा उनको आधिकारिक हैसियत अनुरूप नभएका गतिविधिहरूमा संलग्न भएको आरोप लगाइएको छ । पाकिस्तानी अधिकारीलाई २४ घण्टा भित्र भारत छोड्न भनिएको थियो ।
यसअघि मे २१ मा भारत सरकारले पाकिस्तानी उच्चायोगका अर्का अधिकारीलाई ‘अवाञ्छनीय व्यक्ति’ घोषित गरेको थियो । भारतीय विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, पाकिस्तान उच्चायोगलाई भारतमा रहेका कुनै पनि पाकिस्तानी कूटनीतिज्ञ वा अधिकारीले आफ्नो विशेषाधिकार र हैसियतको कुनै पनि हिसाबले दुरुपयोग नगरोस् भन्ने कुरा सुनिश्चित गर्न भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद् प्रतिकार्यको तयारी थाल्न सरकारलाई निर्देशन
-
बजेटमा सामाजिक सुरक्षा भत्ता : वर्ग, क्षेत्र र उमेर समूहमा वर्गीकरण गर्न प्रस्ताव
-
लामिछानेको रिट निवेदन हेर्दाहेर्दैमा
-
टोखामा एक जना मृत फेला
-
स्वयम्भूस्थित सेतो गुम्बा हेर्न सर्वसाधारणको भीड (तस्बिरहरू)
-
वित्तीय अनुशासन कायम राख्दै आगामी वर्षको बजेट विनियोजन हुन्छ : मन्त्री काफ्ले