मनसुनजन्य विपद् प्रतिकार्यको तयारी थाल्न सरकारलाई निर्देशन
काठमाडौँ । संसदीय समितिले समन्वयकारी भूमिका निर्वाह गर्दै मनसुनजन्य विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्यका लागि तयारी गर्न तीन तहकै सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले समन्वयकारी भूमिका निर्वाह गर्दै मनसुनजन्य विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्यका लागि तयारी गर्न निर्देशन दिएको हो ।
समितिको तर्फबाट निर्देशन दिँदै सभापति सोनाम गेल्जेन शेर्पाले बैठकले आगलागी, भूकम्प, मनसुनजन्य विपद् लगायत भविष्यमा हुनसक्ने अन्य विपद् जोखिम न्यूनीकरणका लागि तयारीमा रहन सम्बन्धित निकायलाई निर्देशन दिएको बताए ।
बैठकले जोखिम न्यूनीकरण, प्रतिकार्य र विपद् पूर्ण लाभ कार्यहरू तहगत सरकार एवं अन्तर मन्त्रालय समन्वय तथा सहकार्य कायम राख्दै सामाजिक परिचालनमार्फत समेत विपद् व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण