खोलाले बगाउँदा महिलाको मृत्यु
बिहीबार, ०८ जेठ २०८२, २२ : ३१

समाचार सारांश
- ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-६ मेहेलेकी ५१ वर्षिया विष्णुमाया लिङ्देनको खोलाले बगाएर मृत्यु भएको छ।
- मेहेलेस्थित फावाखोला तर्ने क्रममा लिङ्देनलाई खोलाले बगाएको थियो। शव घटनास्थलबाट १५० मिटर टाढा फेला परेको हो।
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेकी ५१ वर्षिया विष्णुमाया लिङ्देनको खोलाले बगाएर मृत्यु भएको छ । मेहेलेस्थित फावाखोला तर्ने क्रममा खोलाले बगाएर लिङ्देनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनको शव बगेर बेपत्ता भएको ठाउँदेखि करिब १५० मिटर टाढा फेला परेको हो । खोलाले बगाएपछि सिदिङ्वा–६ का वडाध्यक्ष रत्नकुमार लिङ्देनले इलाका प्रहरी कार्यालय तेल्लोकमा खोजी गर्न खबर गरेका थिए । प्रहरी चौकी साब्लाखुको टोलीले लिङ्देनको शव फेला पारेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल