प्रहरीले बुझायो तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन, आइतबार मुद्दा दर्ता हुने
सारांश
- प्रहरीले तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन बुझाएको छ, जसमा दुर्गा प्रसाईं लगायत ८ जनालाई हत्या मुद्दा चलाउनुपर्ने राय छ।
- प्रदर्शनमा सुनौलो इन्द्रेणी सहकारीको भवनमा आगजनी हुँदा पत्रकार सुरेश रजकको मृत्यु भएको थियो, र प्रहरीले गौतम र शाहीलाई पनि मुद्दा चलाउन सिफारिस गरेको छ।
- प्रहरीले राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाएको छ, जसमा केही व्यक्तिहरू रिहा भएका छन्, भने केही हिरासतमा छन्।
काठमाडौँ । प्रहरीले तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन बुझाएको छ । अनुसन्धान प्रतिवेदन प्राप्त भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा काफ्लेले रातोपाटीलाई बताए ।
उनले भने, ‘प्रतिवेदन आएको छ त्यसअनुसार हामी अभियोग पत्रको तयारी गरिरहेका छौँ ।’ सरकारी वकिल कार्यालयले आइतबार मुद्दा दर्ता गर्ने तयारी गरेको छ । काफ्लेले भने, ‘आइतबार अदालतमा मुद्दा लैजाने गरी काम भइरहेको छ ।’
पुर्व राजा ज्ञानेन्द्र शाहको पक्षमा प्रदर्शनको नेतृत्व गर्ने दुर्गा प्रसाईँलाई हत्या सम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने प्रहरीको राय छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ सहित ८ जना विरुद्ध ज्यान सम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने राय दिएर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए ।
प्रदर्शनमा सहभागीहरूले आगजनीका गरेको कारण प्रेम बहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्ण रूपमा क्षति भएको थियो । आगजनीमा परेर पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए ।
आगजनीमा संलग्न रामेछापको सुनापति गाउँपालिका घर भएका २२ वर्षीय सरोज गौतम र अछाम पञ्चदेवल नगरपालिका–५ घर भएका २० वर्षीय गोकर्ण शाही उर्फ अनुप बिक्रम ठकुरीलाई पनि हत्या मुद्दामा अभियोजन गर्नुपर्ने प्रहरीको राय छ ।
अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘आगजनी गर्नेहरू र दुर्गा प्रसाईँ सहित ८ जनालाई हत्या मुद्दा चलाउनुपर्ने हाम्रो राय छ ।’ २०८१ चैत १५ मा दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’को ब्यानरमा प्रदर्शन भएको थियो । दुर्गा प्रसाईँले बागमती प्रदेश–०२७ च ३८४७ नम्बरको गाडी हुइँक्याउँदै प्रहरीको घेरा तोडेर बानेश्वर तर्फ अघि बढेपछि हिंसा भड्कियो । प्रहरीले मञ्चमा अश्रुग्याँस प्रहार गरेसँगै सभा बिथोलियो र प्रर्दशनकारीहरु तोडफोडमा उत्रिए ।
प्रदर्शनस्थलमा अवान्छित गतिबिधी गरेको आरोपमा १८६ जना पक्राउ परे । तीमध्ये ९६ जनालाई सुरुमै रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
आरोपीहरू विरुद्ध प्रहरीले राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, ज्यान सम्बन्धी कसुर, ज्यान मार्ने उद्योग र सङ्गठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान गरेर प्रतिवेदन बुझाएको हो ।
प्रदर्शनमा संलग्न मध्ये राज्य विरुद्धको कसुरमा म्याद थप भएका २६ जना र आपराधिक उपद्रव कसुरमा म्याद थप भएका २७ जना हिरासतमा छन् । अनुसन्धानको क्रममा ३७ जनालाई हाजिर जमानीमा रिहा गरिएको एसपी बोहराले जानकारी दिए । उनका अनुसार राज्य विरुद्धको कसुरमा अनुसन्धान गरिएका मध्ये ३ जना अनुसन्धानको क्रममा रिहा भएका थिए ।
सो कसुरमा संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र सर्वोच्च अदालतको आदेशले रिहा भए । राप्रपाका महामन्त्री धवल शमशेर जबरालाई प्रहरीले उपचार गर्ने शर्तमा रिहा गरेको थियो । खेमराज सेढाईंलाई पनि प्रहरीले राज्य विरुद्धको कसुरमा अनुसन्धान गरेर वैशाख २५ मा रिहा गरेको थियो ।
आपराधिक उपद्रव कसुरमा अनुसन्धानको दायरामा आएका ३४ जनालाई प्रहरीले हाजिर जमानीमा छाडेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण