इजरायली दूतावासका दुई कर्मचारी हत्याका सन्दिग्ध अदालतमा पेस
सारांश
- वासिङ्टन डीसीमा रहेको यहूदी सङ्ग्रहालय बाहिर दुई इजरायली दूतावासका कर्मचारीको गोली हानी हत्या, हत्या र हतियारको आरोप ।
- एफबीआईले यस घटनालाई यहूदी समुदाय विरुद्धको आतङ्कवादी हिंसाको कार्यको रूपमा लिएको छ ।
- सन्दिग्ध, शिकागोका ३० वर्षीय एलियास रोड्रिगेजलाई पक्राउ गरी १८ दिन हिरासतमा राखिएको छ।
वासिङ्टन डीसी । वासिङ्टन डीसीमा रहेको यहूदी सङ्ग्रहालय बाहिर दुई इजरायली दूतावास कर्मचारीलाई गोली हानी हत्या गर्ने सन्दिग्धलाई हत्या र हतियारको आरोप लगाइएको छ । अमेरिकी वकिल जीनाइन पिरोले पत्रकार सम्मेलनमा बुधबार राति भएको आक्रमणलाई घृणा अपराधको रूपमा अनुसन्धान भइरहेको र थप आरोपहरू दायर गर्न सकिने बताइन् । ‘यो मुद्दा मृत्युदण्डको योग्य छ,’ उनले बिहीबार भनिन् ।
एफबीआईले उक्त हत्यालाई यहूदी समुदाय विरुद्धको आतङ्कवादी, निर्देशित हिंसाको कार्य भनेर भनेका छन् । बुधबार स्थानीय समय अनुसार राति ९ः०८ बजे वाशिंगटन डीसीको क्यापिटल यहूदी सङ्ग्रहालयमा आयोजित कार्यक्रमपछि यारोन लिस्चिन्स्की र सारा लिन मिलग्रिमलाई गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।
सन्दिग्धले कार्यक्रमबाट बाहिर निस्किरहेका चार जनामाथि गोली चलाएको थियो र तीमध्ये दुई जनाको मृत्यु भएको प्रहरीले भनेको छ । प्रहरीले सन्दिग्ध व्यक्तिलाई शिकागोका ३० वर्षीय एलियास रोड्रिगेजको रूपमा पहिचान गरेको छ ।
गोली चलेको लगत्तै उनलाई घटनास्थलबाट पक्राउ गरिएको थियो । प्रहरीले हिरासतमा लिइँदा उनले फ्री प्यालेस्टाइनको नारा लगाएका थिए । बिहीबार अदालतको सुनुवाइमा सन्दिग्धलाई आरोप लगाइएको थियो । उनलाई १८ सम्म हिरासतमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण