इजरायली दूतावासका दुई कर्मचारी हत्याका सन्दिग्ध अदालतमा पेस

समाचार सारांश
- वासिङ्टन डीसीमा रहेको यहूदी सङ्ग्रहालय बाहिर दुई इजरायली दूतावासका कर्मचारीको गोली हानी हत्या, हत्या र हतियारको आरोप ।
- एफबीआईले यस घटनालाई यहूदी समुदाय विरुद्धको आतङ्कवादी हिंसाको कार्यको रूपमा लिएको छ ।
- सन्दिग्ध, शिकागोका ३० वर्षीय एलियास रोड्रिगेजलाई पक्राउ गरी १८ दिन हिरासतमा राखिएको छ।
वासिङ्टन डीसी । वासिङ्टन डीसीमा रहेको यहूदी सङ्ग्रहालय बाहिर दुई इजरायली दूतावास कर्मचारीलाई गोली हानी हत्या गर्ने सन्दिग्धलाई हत्या र हतियारको आरोप लगाइएको छ । अमेरिकी वकिल जीनाइन पिरोले पत्रकार सम्मेलनमा बुधबार राति भएको आक्रमणलाई घृणा अपराधको रूपमा अनुसन्धान भइरहेको र थप आरोपहरू दायर गर्न सकिने बताइन् । ‘यो मुद्दा मृत्युदण्डको योग्य छ,’ उनले बिहीबार भनिन् ।
एफबीआईले उक्त हत्यालाई यहूदी समुदाय विरुद्धको आतङ्कवादी, निर्देशित हिंसाको कार्य भनेर भनेका छन् । बुधबार स्थानीय समय अनुसार राति ९ः०८ बजे वाशिंगटन डीसीको क्यापिटल यहूदी सङ्ग्रहालयमा आयोजित कार्यक्रमपछि यारोन लिस्चिन्स्की र सारा लिन मिलग्रिमलाई गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।
सन्दिग्धले कार्यक्रमबाट बाहिर निस्किरहेका चार जनामाथि गोली चलाएको थियो र तीमध्ये दुई जनाको मृत्यु भएको प्रहरीले भनेको छ । प्रहरीले सन्दिग्ध व्यक्तिलाई शिकागोका ३० वर्षीय एलियास रोड्रिगेजको रूपमा पहिचान गरेको छ ।
गोली चलेको लगत्तै उनलाई घटनास्थलबाट पक्राउ गरिएको थियो । प्रहरीले हिरासतमा लिइँदा उनले फ्री प्यालेस्टाइनको नारा लगाएका थिए । बिहीबार अदालतको सुनुवाइमा सन्दिग्धलाई आरोप लगाइएको थियो । उनलाई १८ सम्म हिरासतमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगितामा सात टोली
-
प्रहरीले भन्यो - राजावादीहरूले गर्ने प्रदर्शनमा जनधनको क्षति हुन दिँदैनौँ
-
एक वर्षभित्र पाँच सार्वजनिक संस्थान खारेज गरिँदै
-
आर्थिक सुधारमा राष्ट्र बैंकले २२ काम गर्नुपर्ने, भारुको विनिमयदर परिवर्तनको एजेन्डा
-
नेपाल धितोपत्र बोर्डको पुनर्संरचना गर्दै सरकार
-
युक्रेनी ड्रोन आक्रमण : लगातार तेस्रो रात पनि मस्कोका विमानस्थलहरू बन्द