शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय

१० महिनामा १५ हजारभन्दा बढी साइबर अपराधको उजुरी

शुक्रबार, ०९ जेठ २०८२, १७ : १५
शुक्रबार, ०९ जेठ २०८२

समाचार सारांश

  • नेपाल प्रहरीको साइबर ब्यूरोमा पछिल्लो १० महिनामा १५ हजारभन्दा धेरै साइबर अपराध सम्बन्धी उजुरी दर्ता भएका छन्।
  • प्रवक्ताका अनुसार, ब्यूरोमा परेका उजुरीमध्ये २३९ वटा मुद्दा अदालतमा पेश गरिएको छ, बाँकीमा अनुसन्धान जारी छ।
  • कतिपय उजुरीहरू मिलपत्रमा टुंगिएको पनि बताइएको छ।

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोमा पछिल्लो १० महिनामा १५ हजारभन्दा धेरै साइबर अपराध सम्बन्धी उजुरी परेको छ । २०८१ साउनभन्दा पछि ब्यूरोमा १५ हजार ३७० वटा उजुरी आएको प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाले जानकारी दिए ।

शुक्रबार प्रहरी प्रधान कार्यालयमा अयोजित पत्रकार सम्मेलनमा थापाले भने- ‘हामिकहाँ आएका उजुरीमाथि अनुसन्धान गरेर २३९ वटा मुद्दा अदालत पुगेका छन् ।’ अरु उजुरीमाथि अनुसन्धान जारी रहेको उनले बताए । थापाले भने– ‘कतिपय उजुरी मिलपत्रमा पनि टुंगिने गरेका छन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप