१० महिनामा १५ हजारभन्दा बढी साइबर अपराधको उजुरी
शुक्रबार, ०९ जेठ २०८२, १७ : १५
सारांश
- नेपाल प्रहरीको साइबर ब्यूरोमा पछिल्लो १० महिनामा १५ हजारभन्दा धेरै साइबर अपराध सम्बन्धी उजुरी दर्ता भएका छन्।
- प्रवक्ताका अनुसार, ब्यूरोमा परेका उजुरीमध्ये २३९ वटा मुद्दा अदालतमा पेश गरिएको छ, बाँकीमा अनुसन्धान जारी छ।
- कतिपय उजुरीहरू मिलपत्रमा टुंगिएको पनि बताइएको छ।
काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोमा पछिल्लो १० महिनामा १५ हजारभन्दा धेरै साइबर अपराध सम्बन्धी उजुरी परेको छ । २०८१ साउनभन्दा पछि ब्यूरोमा १५ हजार ३७० वटा उजुरी आएको प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाले जानकारी दिए ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा अयोजित पत्रकार सम्मेलनमा थापाले भने- ‘हामिकहाँ आएका उजुरीमाथि अनुसन्धान गरेर २३९ वटा मुद्दा अदालत पुगेका छन् ।’ अरु उजुरीमाथि अनुसन्धान जारी रहेको उनले बताए । थापाले भने– ‘कतिपय उजुरी मिलपत्रमा पनि टुंगिने गरेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण