अदालत
रविसँगै छविलाल जोशी पनि थुनामै रहने
शुक्रबार, ०९ जेठ २०८२, २१ : ०२

काठमाडौँ । पूर्व डीआइजी छविलाल जोशीलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाशीशद्धय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीलाई रिहा गर्न अस्वीकार गरेको हो ।
गैर कानुनी थुनामा राखेको भन्दै जोशीको तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर भएको थियो । सर्वोच्चले उक्त रिट खारेज गर्दै रिहा गर्न अस्वीकार गरेको हो ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । यससँगै उनी थुनामै रहने भएका छन् ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेका थिए । उनलाई गैरकानूनी थुनामा राखेको भन्दै लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालत अदालतमा रिहा गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी आन्दोलनबारे अन्तर्राष्ट्रिय प्रजातन्त्र संघले के भन्यो ?
-
डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध
-
प्रभु साहको प्रश्न– ‘मानव तस्करी घटनामा प्रधानमन्त्री किन मौन ?’
-
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर
-
किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरीको नियन्त्रणमा
-
माओवादी नेताहरुद्वारा सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट