आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

वैचारिक रूपमा स्पष्ट वैकल्पिक पार्टी अहिलेको आवश्यकता : मानुषी यमी भट्टराई

शनिबार, १० जेठ २०८२, २२ : ०३
शनिबार, १० जेठ २०८२

समाचार सारांश

  • नेसपाकी उपाध्यक्ष मानुषी यमी भट्टराईले पार्टीलाई विचारसहितको लोकप्रिय बनाउनुपर्ने बताइन्।
  • उनले वैकल्पिक शक्तिले जनताको लागि काम गर्नुपर्ने र विचारसहितको सङ्गठन आवश्यक रहेको बताइन्।
  • भट्टराईले कांग्रेस, एमाले र माओवादीप्रति जनताको विश्वास घट्दै गएको र परिणाममुखी काम गर्नुपर्नेमा जोड दिइन्।

काठमाडौँ । नेसपा नयाँ शक्तिको गोकर्णेश्वर पालिकाको अधिवेशनमा बोल्दै नेसपा (नयाँ शक्ति) केन्द्रीय उपाध्यक्ष मानुषी यमी भट्टराईले आफ्नो पार्टीलाई बिचार सहितको लोकप्रिय पार्टी बनाउन सबैको साथ आवश्यक रहेको बताइन् । विकास र समृद्धिका कुरा ठुला गर्ने काम गर्दै नगर्ने र बिचार शून्यहरूको जमातले देश नबन्ने भन्दै उनले साँच्चिकै जनताको लागि काम गर्ने हो भने वैकल्पिक शक्तिको झन् बढी आवश्यकता रहेको बताइन् ।

उनले वैकल्पिक भन्नेहरूले पनि अरू सबै बेठीक हामी मात्रै ठिक भनेर मात्रै नहुने र त्यसका लागि विचार सहितको सङ्गठन आवश्यक हुनेमा जोड दिइन् । उनले अबको राजनीतिमा होहल्ला गर्नेलाई भन्दा परिणाममुखी काम गर्नेलाई जनताले पत्याउने पनि बताइन् । ‘काङ्ग्रेस, एमाले र माओवादीको विरोध हामीले होइन अब उनीहरूकै पार्टीमा बर्षौ दुस्ख गरेकाहरूले गर्न थालिसके’, मानुषीले भनिन्,  ‘यस्तै काम गर्दै गए कांग्रेस एमाले र माओवादीलाई जनताले पनि अब पत्याउने छैनन् ।’

राजनीतिको चुरो कुरो भनेकै वैचारिक रूपमा स्पष्ट र राम्रो पार्टी बनाउनु अहिलेको आवश्यकता भएको भन्दै उनले सिद्धान्त र बिचारले मात्रै पनि जनताले उठाएका प्रश्नको जवाफ दिन नसकिने र त्यसका लागि गर्व गर्न लायक सङ्गठन सहित जनतासँग प्रत्यक्ष जोडिन आवश्यक भएको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप