यसरी फिर्ता हुँदै छ लिच्छविकालीन इखा पुखु (तस्बिरहरू)
सारांश
- काठमाडौं महानगरपालिकाले इखा पुखु (पोखरी) को पुनर्निर्माण थालेको छ, जुन ऐतिहासिक पोखरी हो र स्थानीय समुदायसँग गहिरो सम्बन्ध राख्दछ।
- पोखरीको क्षेत्रफल करिब साढे ७ रोपनी रहेको छ, जसमा ६ रोपनी पानीको लागि छुट्याइएको छ र ३ करोड ६४ लाख रुपैयाँको लागतमा पुनर्निर्माण भइरहेको छ।
- पुनर्निर्माणमा फोहोर हटाउने, पैदलमार्ग बनाउने र आकाशे पानी सङ्कलन प्रणाली जडान गर्ने योजना छ, जसले जल प्रणालीको पुनर्स्थापना गर्ने लक्ष्य राखेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १७, १८ र २५ को बिचमा अवस्थित इखा पुखु (पोखरी) महानगरले पुनर्निर्माण थालेको छ । यो एउटा ऐतिहासिक पोखरी हो, जसले स्थानीय समुदायसँग गहिरो धार्मिक र सामाजिक सम्बन्ध बोकेको छ।
काठमाडौँ महानगरपालिकाभित्र रहेका प्रख्यात हिटीहरू जस्तै मरुहिटी, कोहिटी र अन्य डुङ्गे धाराहरूसँग पनि इखा पुखुको अन्तरसम्बन्ध रहेको स्थानीय जानकारहरू बताउँछन् । विज्ञहरूका अनुसार पानीको स्रोत व्यवस्थापन गर्न काठमाडौँको उत्तरी सिरान क्षेत्रपाटीमा यो पोखरी निर्माण गरिएको थियो।
कुनै समय क्षेत्रपाटी नै सहरको उत्तरी सिमाना थियो र त्यसभन्दा पर बस्ती थिएन। त्यसैले स्थानीय बासिन्दाले पानी जम्मा गर्न इखा पुखु बनाएका थिए र नजिकै इखानारायण मन्दिर स्थापना गरेका थिए। त्यसबेला यो पोखरी काठमाडौँको जमिनमा पानी पुनर्भरणको प्रमुख स्रोतको रूपमा थियो।
तर, विभिन्न कालखण्डमा यो पोखरीको अस्तित्व मेटाउने प्रयासहरू भए। लामो समयको प्रयासपछि काठमाडौँ महानगरपालिकाले इखा पुखुको पुनर्निर्माण कार्यलाई अगाडि बढाएको छ। हालसम्म पोखरीमा थुप्रिएको फोहोर, झार र २०७२ को भूकम्पपछि भत्किएका घरहरूको अवशेष हटाइएको छ। पुराना तहको खाेजीमा तीन फिट खनिए पनि केही फेला परेको थिएन ।
_KCQjySyA0r.jpg)
३ करोड ६४ लाख रुपैयाँको लागतमा पुनर्निर्माण भइरहेको यो पोखरीको क्षेत्रफल करिब साढे ७ रोपनी छ, जसमध्ये ६ रोपनी क्षेत्र पानीका लागि छुट्टाइएको छ।
_EJOE5Ky3kH.jpg)
पोखरीको वरिपरि २ मिटर चौडाइको पैदलमार्ग निर्माण गरिनेछ, जहाँ मानिसहरू हिँड्न, विचार गर्न र पोखरीको शान्त वातावरण महसुस गर्न सक्नेछन्। यो केवल संरचनात्मक पुनर्निर्माण मात्र होइन, यसमा आकाशे पानी सङ्कलन प्रणाली पनि बनाइनेछ।
_OnnYJeURPp.jpg)
पोखरीको पुनर्निर्माणले जल प्रणाली (ब्लु ल्याण्डस्केप) को पुनर्स्थापना गर्नेछ। यो प्रयास जलचक्र, वा:तावरण, र सम्पदासँग पुनः सम्बन्ध जोड्ने साझा सङ्कल्प रहेको महानगरले बताएको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_PncpJrWIYw.jpg)
_0OQGgkyQSz.jpg)
_pDkIUOWmb5.jpg)
_iPkDbJ7qCu.jpg)
_ADqqbo8nUp.jpg)
_j23SpcHz3D.jpg)
_Ex2Z1sJe0j.jpg)
_8N7SjxlkPF.jpg)
_rdoOw02GcI.jpg)
_5agn3i1iDR.jpg)
_cq7fdIXvme.jpg)
_STNhXoWvQd.jpg)
_XIoIpzQDQZ.jpg)
_RglIQFzBGL.jpg)
_inYlQtVqA5.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण