अर्थ
सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो
आइतबार, ११ जेठ २०८२, १० : ३८
सारांश
- आइतबार सुनको मूल्य तोलामा १४०० रुपैयाँले वृद्धि भई १ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बढेको हो।
- चाँदीको मूल्य भने आइतबार स्थिर रह्यो, शुक्रबारकै मूल्यमा कारोबार भयो।
काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको हो ।
यस्तै शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको थियो ।
यसैबिच आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा २ हजार ५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण