अर्थ
सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो
आइतबार, ११ जेठ २०८२, १० : ३८

समाचार सारांश
- आइतबार सुनको मूल्य तोलामा १४०० रुपैयाँले वृद्धि भई १ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बढेको हो।
- चाँदीको मूल्य भने आइतबार स्थिर रह्यो, शुक्रबारकै मूल्यमा कारोबार भयो।
काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको हो ।
यस्तै शुक्रबार छापावाल सुन तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको थियो ।
यसैबिच आइतबार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा २ हजार ५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र पर्यटनमन्त्रीलाई बर्खास्त गर्न देउवालाई कांग्रेस सांसद् बजगाईको पत्र
-
विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि अभियानकै रूपमा स्वयंसेवक खटाउँछौ : कार्यकारी निर्देशक भट्ट
-
ओलीको कटाक्ष : ‘प्रचण्डको स्वर हेर्नुस् त, भ्रष्टाचारविरुद्ध बुरुक बुरुक !’
-
रवि लामिछानेको मुद्दामा ‘आदेश’ को ठाउँमा फैसला लेखिएपछि संशोधन गरिँदै
-
साँगामा सडक विस्तारका क्रममा पहिरो खस्दा मजदुर घाइते
-
प्रभु बैंक र इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच विशेष छुट सम्बन्धी सम्झौता