रास्वपा केन्द्रीय समिति बैठक : छलफलका लागि एजेन्डा तय
आइतबार, ११ जेठ २०८२, ११ : ४९
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा चार विषयमा छलफल हुने।
- बैठकमा सभापति रवि लामिछानेमाथि लागेको मुद्दा, भिजिट भिसा काण्ड र गृहमन्त्रीको संलग्नतामा छलफल हुने।
- पार्टीको आगामी कार्यदिशा, महाधिवेशन र तेस्रो स्थापना दिवसको कार्यक्रमबारे छलफल हुने।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप) को आइतबार अपराह्न बस्ने केन्द्रीय समिति बैठकमा चार वटा विषयमा छलफल हुने भएको छ । बैठकमा छलफलका लागि चारवटा एजेन्डा तय भएको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
पार्टीको केन्द्रीय कार्यालय वनस्थली काठमाडौँमा हुने केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछाने माथि लगाइएको प्रतिशोधपूर्ण झुटा मुद्दाबारे पार्टीले लिने आगामी प्रक्रिया, भिजिट भिसा काण्ड र गृहमन्त्रीको संलग्नता, पार्टीको आगामी कार्यदिशा र महाधिवेशन लक्षित क्यालेन्डर र पार्टीको तेस्रो स्थापना दिवस (असार ७) को कार्यक्रम छलफल हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण