रास्वपा केन्द्रीय समिति बैठक : छलफलका लागि एजेन्डा तय
आइतबार, ११ जेठ २०८२, ११ : ४९

समाचार सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा चार विषयमा छलफल हुने।
- बैठकमा सभापति रवि लामिछानेमाथि लागेको मुद्दा, भिजिट भिसा काण्ड र गृहमन्त्रीको संलग्नतामा छलफल हुने।
- पार्टीको आगामी कार्यदिशा, महाधिवेशन र तेस्रो स्थापना दिवसको कार्यक्रमबारे छलफल हुने।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप) को आइतबार अपराह्न बस्ने केन्द्रीय समिति बैठकमा चार वटा विषयमा छलफल हुने भएको छ । बैठकमा छलफलका लागि चारवटा एजेन्डा तय भएको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
पार्टीको केन्द्रीय कार्यालय वनस्थली काठमाडौँमा हुने केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछाने माथि लगाइएको प्रतिशोधपूर्ण झुटा मुद्दाबारे पार्टीले लिने आगामी प्रक्रिया, भिजिट भिसा काण्ड र गृहमन्त्रीको संलग्नता, पार्टीको आगामी कार्यदिशा र महाधिवेशन लक्षित क्यालेन्डर र पार्टीको तेस्रो स्थापना दिवस (असार ७) को कार्यक्रम छलफल हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा महामन्त्री धवलशमशेरविरुद्ध ४ वटा मुद्दामा अभियोग दर्ता
-
स्टेलान्टिसको नेपालमा दोश्रो मल्टी-ब्राण्ड डिलरशिप: साङ्ग्रिला मोटर्समार्फत उत्तरढोकामा प्रिमियम शोरूम सञ्चालनमा
-
रवीन्द्र मिश्रविरुद्ध राज्यविरुद्धको अपराधसहित ४ मुद्दामा अभियोजन
-
तीनकुने घटना : दुर्गा प्रसाईँसहित २० जनालाई जन्मकैद मागदाबी
-
रवीन्द्र र धवललाई राज्यविरूद्धको कसुरमा मुद्दा
-
जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र