लुम्बिनी प्रदेश : समर्थन फिर्ता लिने नागरिक उन्मुक्ति पार्टीको तयारी
सारांश
- नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ।
- एमाले र कांग्रेसले बेवास्ता गरेको भन्दै पार्टीले सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेको हो।
- पार्टीले सिफारिस गरेका नियुक्तिहरू, भागबन्डामा बेवास्ता र बजेट अगाडि नै सरकारबाट बाहिरिने छलफल भएको छ।
बुटवल । नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।
सत्ता साझेदार भए पनि एमाले र कांग्रेसले आफूहरूलाई बेबस्ता गरेको भन्दै सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो ।
नागरिक उन्मुक्ति पार्टीको लुम्बिनी प्रदेशमा पार्टीले सिफारिस गरेका नियुक्तहरू दिन सरकारले अटेर गरेको, अस्पताल विकास समितिदेखि अन्य विभिन्न ठाउँमा कांग्रेस र एमाले मात्रै भागबन्डा गरेको लगायतले पार्टीले सरकारलाई समर्थन फिर्ता लिने विषयमा आज संसदीय दलको बैठकमा छलफल गरेको नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता धर्मराज चौधरीले बताए ।
उनले भने, 'आज सरकारले समर्थन फिर्ता लिने विषयमा हाम्रो बैठकमा व्यापक छलफल भयो । अव केही दिनमा फिर्ता लिने गरी प्रक्रिया जानेछौँ ।'
उनले सरकारले ल्याउने बजेट अगाडि नै सरकारबाट बाहिरिने सक्ने गरी छलफल भएको खुलाए। लुम्बिनी नागरिक उन्मुक्ति पार्टीका ४ सांसद रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण