आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश : समर्थन फिर्ता लिने नागरिक उन्मुक्ति पार्टीको तयारी

आइतबार, ११ जेठ २०८२, १६ : ५४
आइतबार, ११ जेठ २०८२

समाचार सारांश

  • नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ।
  • एमाले र कांग्रेसले बेवास्ता गरेको भन्दै पार्टीले सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेको हो।
  • पार्टीले सिफारिस गरेका नियुक्तिहरू, भागबन्डामा बेवास्ता र बजेट अगाडि नै सरकारबाट बाहिरिने छलफल भएको छ।

बुटवल ।  नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने तयारी गरेको छ । 

सत्ता साझेदार  भए पनि   एमाले र कांग्रेसले आफूहरूलाई बेबस्ता गरेको भन्दै सो पार्टीले सरकारलाई  दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो । 

नागरिक उन्मुक्ति पार्टीको लुम्बिनी प्रदेशमा पार्टीले सिफारिस गरेका  नियुक्तहरू दिन सरकारले अटेर गरेको, अस्पताल विकास समितिदेखि अन्य विभिन्न ठाउँमा कांग्रेस र एमाले मात्रै भागबन्डा गरेको लगायतले  पार्टीले सरकारलाई समर्थन फिर्ता लिने विषयमा आज संसदीय दलको बैठकमा छलफल गरेको नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता धर्मराज चौधरीले बताए । 

 उनले भने, 'आज सरकारले समर्थन फिर्ता लिने विषयमा हाम्रो बैठकमा व्यापक  छलफल भयो  । अव केही दिनमा फिर्ता लिने गरी प्रक्रिया जानेछौँ ।'

उनले  सरकारले ल्याउने बजेट अगाडि नै सरकारबाट बाहिरिने सक्ने  गरी छलफल भएको खुलाए।  लुम्बिनी नागरिक उन्मुक्ति पार्टीका  ४ सांसद रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप