कांग्रेस र एमालेको निष्कर्ष : गृहमन्त्रीमाथिको प्रहार जायज छैन
सारांश
- जेठ १५ गते सदनमा प्रस्तुत हुने बजेट र सरकारका काम कारबाहीबारे सत्तारुढ दलका नेताहरुबिच छलफल भयो।
- बैठकमा सुशासन र कानुन कार्यान्वयनका लागि सरकार शून्य सहनशीलताको नीतिबाट पछि हट्न नहुनेमा जोड दिइयो।
- भिजिट भिसा प्रकरणमा कर्मचारीको बदमासीलाई लिएर गृहमन्त्रीमाथि भइरहेको आलोचना जायज नभएकोमा नेताहरु सहमत भए।
काठमाडौँ । सत्तारुढ दुई दल (कांग्रेस र एमाले) का शीर्ष नेताहरूबिच आगामी जेठ १५ गते सदनमा प्रस्तुत हुने बजेट, सरकारका काम कारबाहीलगायतका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आइतबार साँझ बसेको बैठकमा बजेट तयारी र सरकार सञ्चालनबारे छलफल भएको एक नेताले बताए । उनका अनुसार मुलुकमा सुशासन र कानुन कार्यान्वयन गर्न सरकार सुन्य सहनशीलताको नीतिबाट पछि हट्न नहुनेमा नेताहरूको जोड रहेको छ ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा,कांग्रेस उपसभापति पूर्ण बहादुर खड्का,एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,गृहमन्त्री रमेश लेखक,अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्र मन्त्री डा.आरजु राणा देउवालगायत नेताहरू सहभागी थिए ।
शीर्ष बैठकमा भिजिट भिसा प्रकरणमा कर्मचारीको बदमासीलाई लिएर गृहमन्त्री रमेश लेखकमाथि भइरहेको आलोचना जायज नभएकोमा दुई दलका नेताले समान धारणा राखेका थिए ।
‘कुनै कर्मचारीले बदमासी गर्छ भने मन्त्रीमाथि प्रश्न उठाउने कुरा हुँदैन र राजीनामा गर्ने कुरा पनि हुँदैन विरोधीहरूले जुन ढङ्गले गृहमन्त्रीमाथि प्रहार गरेका छन् । त्यो जायज छैन’, बैठकमा भएको छलफललाई उद्धृत गर्दै एक नेताले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण