रवीन्द्र मिश्रको बयान : अश्रुग्याँसले पोलेको सुरमा अनियोजित र आवेगमा मन्तव्य दिएको हुँ
सारांश
- राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रविरुद्ध तीनकुनेमा राजावादीको प्रदर्शनमा संलग्नताको आरोपमा ४ वटा मुद्दा दायर गरिएको छ।
- मिश्रले आफू उक्त प्रदर्शनको आयोजक नभएको र दुर्गा प्रसाईंको कार्यक्रममा सहभागी भएको बताएका छन्।
- उनले हिंसा भड्काउने गतिविधिमा संलग्नता अस्वीकार गर्दै अश्रुग्याँसका कारण आवेगमा केही मन्तव्य दिएको स्वीकारेका छन्।
काठमाडौँ । तीनकुनेमा राजावादीको पक्षमा प्रदर्शनमा संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको छ ।
उनले तीनकुनेको प्रदर्शनको आयोजक आफू नभएको बयान दिएका छन् । उनले भनेका छन्, ‘कार्यक्रम मैले आयोजना गरेको होइन, दुर्गा प्रसाईं जीले अयोजनामा गर्नुभएको कार्यक्रममा सहभागी हुन गएको हुँ ।’
तीनकुनेको कार्यक्रमको आयोजन दुर्गा प्रसाईंकै समूह भएको उल्लेख गर्दै मिश्रले २०८१ चैत १५ गतेको कुनै पनि हिंसात्मक गतिविधिमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । बयानमा उनले भनेका छन्, ‘मेरो कुनै पनि संलग्नता छैन ।’
मञ्चबाट हिंसा भड्काउने गतिविधि दिएको बारेमा उनले आफूलाई रक्षात्मक रूपमा प्रस्तुत गरेका छन् । ‘अश्रुग्याँसले पोलेको सुरमा मैले दुई तीन ठाउँमा छोटो छोटो अनियोजित र आवेगमा मन्तव्य दिएको छु’ मिश्रले बयानमा भनेका छन्, ‘तर, कुनै पनि मन्तव्य हिंसात्मक किसिमको छैन ।’
उनले तीनकुनेमा आफूले आपराधिक काम नगरेको र उक्त काम गर्न कसैलाई पनि प्रोत्साहन र दुरुसाहित दिने र निर्देशन दिने काम नगरेको जिकिर गरेका छन् ।
उनले बयानमा अगाडि भनेका छन्, ‘संसद् भवन र एयरपोर्ट कब्जा गर्नुपर्छ भनेर अभिव्यक्ति दिने व्यक्ति म होइन ।’



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण