भाटभटेनीमा ८० लाख बढीको क्षति, आरोपीबाट साढे दुई लाखको लिपिस्टिकलगायत सामान बरामद

समाचार सारांश
- चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनपछि कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड, आगजनी र लुटपाट हुँदा ८० लाख बढीको क्षति भयो।
- प्रहरी प्रतिवेदनको आधारमा ११ जनाविरुद्ध आपराधिक उपद्व कसुरमा अभियोजन गरिएको छ, जसले तोडफोड, आगजनी र लुटपाट गरेका थिए।
- लुटपाटमा संलग्न व्यक्तिहरूबाट बरामद गरिएका सामानको मूल्य २ लाख ४३ हजार रुपैयाँ रहेको र ती सामान भाटभटेनीका कर्मचारीलाई बुझाइएको छ।
काठमाडौँ । तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनपछि कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोरमा तोडफोड, आगजनी र लुटपाट हुँदा ८० लाख ३३ हजार रुपैयाँ बराबरको क्षति भएको देखिएको छ ।
प्रहरी प्रतिवेदनको आधारमा आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालतमा दायर गरेको अभियोजनपत्रमा उक्त विवरण खुलाइएको हो ।
भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ समेतको जाहेरीका आधारमा आपराधिक उपद्व कसुरमा ११ जनाविरुद्ध अभियोजन गरिएको छ । उनीहरुले तोडफोड, आगजनी तथा लुटपाट गर्दा जम्मा ८० लाख ३३ हजार १९२ रुपैयाँको क्षति भएको निवेदन तथा जाहेरी परेको उल्लेख गरिएको छ ।
११ जना प्रतिवादीहरुबाट लिपिस्टिकलगायतका धनमाल बरामद भएको र ती सामानको मूल्य २ लाख ४३ हजार रुपैयाँ रहेको भनिएको छ । ती दशीहरु सडी गली तथा म्याद समाप्त भइ त्यसको उपयोगितामा नै हास आउने सम्भावना रहेकाले सो दशीहरु भाटभटेनीबाट खटिआएका सागर गुरुङ नाम गरेक कर्मचारीलाई भर्पाई गरी बुझाएको बताइएको छ ।
उक्त मूल्यलाई भाटभटेनी सुपर मार्केटको कुल बिगो रकमबाट घटाउँदा ७७ लाख ८९ हजार रुपैयाँ क्षति भएकाले सो रकम बराबरको बिगो मागदाबी अभियोगपत्रमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरेन्द्रनगरदेखि बर्दियाको भुरीगाउँ जोड्ने सडकमा कालोपत्रेकाे काम सुरू
-
खानेपानीमन्त्रीले खोजे सरसफाइमा राजनीतिक दलहरूसँग प्रतिबद्धता
-
लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्नुपर्छ : मुख्यमन्त्री आचार्य
-
कोशी प्रदेशको नीति तथा कार्यक्रम पारित, बजेटका सिद्धान्त र प्राथमिकता पेस
-
गृहमन्त्रीको मात्र होइन प्रधानमन्त्रीको समेत राजीनामा माग्छौँ : ज्ञानेन्द्र शाही
-
राजस्व छलीमा संलग्न भनिएका न्युट्रास्युटीकलका अध्यक्ष झा पक्राउ