भाटभटेनीमा ८० लाख बढीको क्षति, आरोपीबाट साढे दुई लाखको लिपिस्टिकलगायत सामान बरामद
सारांश
- चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनपछि कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड, आगजनी र लुटपाट हुँदा ८० लाख बढीको क्षति भयो।
- प्रहरी प्रतिवेदनको आधारमा ११ जनाविरुद्ध आपराधिक उपद्व कसुरमा अभियोजन गरिएको छ, जसले तोडफोड, आगजनी र लुटपाट गरेका थिए।
- लुटपाटमा संलग्न व्यक्तिहरूबाट बरामद गरिएका सामानको मूल्य २ लाख ४३ हजार रुपैयाँ रहेको र ती सामान भाटभटेनीका कर्मचारीलाई बुझाइएको छ।
काठमाडौँ । तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनपछि कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोरमा तोडफोड, आगजनी र लुटपाट हुँदा ८० लाख ३३ हजार रुपैयाँ बराबरको क्षति भएको देखिएको छ ।
प्रहरी प्रतिवेदनको आधारमा आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालतमा दायर गरेको अभियोजनपत्रमा उक्त विवरण खुलाइएको हो ।
भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ समेतको जाहेरीका आधारमा आपराधिक उपद्व कसुरमा ११ जनाविरुद्ध अभियोजन गरिएको छ । उनीहरुले तोडफोड, आगजनी तथा लुटपाट गर्दा जम्मा ८० लाख ३३ हजार १९२ रुपैयाँको क्षति भएको निवेदन तथा जाहेरी परेको उल्लेख गरिएको छ ।
११ जना प्रतिवादीहरुबाट लिपिस्टिकलगायतका धनमाल बरामद भएको र ती सामानको मूल्य २ लाख ४३ हजार रुपैयाँ रहेको भनिएको छ । ती दशीहरु सडी गली तथा म्याद समाप्त भइ त्यसको उपयोगितामा नै हास आउने सम्भावना रहेकाले सो दशीहरु भाटभटेनीबाट खटिआएका सागर गुरुङ नाम गरेक कर्मचारीलाई भर्पाई गरी बुझाएको बताइएको छ ।
उक्त मूल्यलाई भाटभटेनी सुपर मार्केटको कुल बिगो रकमबाट घटाउँदा ७७ लाख ८९ हजार रुपैयाँ क्षति भएकाले सो रकम बराबरको बिगो मागदाबी अभियोगपत्रमा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण