एकता बाँकी नै हुँदा माओवादी प्रवेश गर्न थाले नेसपाका नेता कार्यकर्ता
काठमाडौँ । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुनुअघि नै नेपाल समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरू माओवादी प्रवेश गर्न थालेका छन् ।
महिन्द्रराय यादव नेतृत्वको नेसपाका नेताहरू सहमतिमै माओवादी केन्द्र प्रवेश गर्न थालेका हुन् । पार्टीका सहध्यक्ष गंगानारायण श्रेष्ठको नेतृत्वमा रहेका केही नेताहरू माओवादी केन्द्रमा प्रवेश गर्न लागेका र यसबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवास खुमलटारमा यादव र श्रेष्ठको टिमबिच छलफल भएको थियो ।
पार्टी एकताका लागि औपचारिक प्रयासहरू जारी रहँदा केही साथीहरूले हतार गर्दै माओवादी प्रवेश गर्न चाहेका अध्यक्ष यादवले बताए । बरु सल्लाहमै समायोजन गरिने उनको भनाइ छ ।
यादवका अनुसार माओवादी केन्द्रको नाम परिवर्तन गर्नेबारे सहमति भएको र पदाधिकारी बैठकमा समेत यसबारे छलफल भइसकेको छ । माओवादी केन्द्रको आगामी महाधिवेशनमार्फत पार्टीको नाम परिवर्तन हुने उनले दाबी गरे । त्यसैले महाधिवेशनसम्ममा एकता गर्ने र त्यसका लागि हतार नभएको उनको भनाइ थियो ।
‘पार्टीको नाम महाधिवेशनबाट परिवर्तन गर्ने सहमति भइसकेको छ, मंसिरमा महाधिवेशन हुँदैछ, त्यसवेलासम्म हामी संयममा छौँ,’ उनले भने ।
नेसपा र माओवादी केन्द्रबिच लगभगत एकता भइसकेको मान्न पनि उनले आग्रह गरे । साथै माओवादीका पार्टी कार्यक्रमहरूमा आफूहरू सक्रिय रहन थालेको पनि यादवले बताए । 'अब एकतालाई औपचारिकता दिन मात्र बाँकी छ,' उनले स्पष्ट पारे ।
औपचारिक एकता नहुँदासम्म नेसपा छुट्टै पार्टीका रूपमा अघि बढ्ने र अधिकांश नेता/कार्यकर्ता पार्टीमै रहने पनि उनले दाबी गरे । उनले पार्टी सुदृढीकरणका लागि सातै प्रदेशमा संगठनात्मक कार्यहरू भइरहेका र नयाँ कार्यक्रमहरूको तयारी पनि गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण