सोमबार, १२ जेठ २०८२
ताजा लोकप्रिय

चेन्नईको फराकिलो जित, गुजरात ८३ रनले पराजित

आइतबार, ११ जेठ २०८२, १९ : २८
आइतबार, ११ जेठ २०८२

अहमदाबाद । जारी आईपीएलमा आइतबारको पहिलो खेलमा चेन्नई सुपर किंग्सले गुजरात टाइटन्सलाई ठुलो अन्तरले पराजित गर्न सफल भएको छ । चेन्नईले एकतर्फी खेलमा ८३ रनले गुजरातलाई हरायो ।

नरेंद्र मोदी स्टेडियममा भएको खेलमा चेन्नईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । साथै पूर ओभरमा पाँच विकेटको क्षतिमा २३० रन बनाएको थियो । जवाफमा गुजरातको टोली १८ दशमलव ३ ओभरमै १४७ रनमै रोकियो । 

चेन्नईका लागि डेवाल्ड ब्रेविसले २३ बलमा ५७ रन बनाउँदै आक्रमक सुरुआत दिलाए । त्यसपछि डेवोन कोनवेले ३५ बलमा ५२ रन बनाए । उर्विल पटेलले पनि १९ बलमा ३७ रन बनाए । 

गुजरातका बलरहरूलाई चेन्नईको आक्रमक ब्याटिङ रोक्न हम्मेहम्मे पर्‍यो । प्रशिद्ध कृष्णाले ४ ओभरमा २२ रन दिँदै २ विकेट लिए भने शाहरुख खान, साई किशोर र अन्य बलरहरूले बाँकी विकेट लिए ।

गुजरातका लागि साई सुदर्शनले २८ बलमा ४१ रन बनाए, तर अन्य ब्याटरले खास योगदान गर्न सकेनन् । अर्शद खान २० बलमा २२ रन, शाहरुख खान १५ बलमा १९ रनमा रहे । 

चेन्नईका अंशुल कम्बोजले २ दशमलव ३ ओभरमा १३ रन दिँदै ३ विकेट लिए । तीन ओभर गरेका रविन्द्र जडेजाले २ विकेट लिए। ४ ओभर गरेका नूर अहमदले पनि २१ रन दिँदै ३ विकेट लिन सफल भए ।  

सामान्यतया २००ं भन्दा बढी स्कोर पछ्याउने खेलहरूमा केही प्रतिस्पर्धा देखिए पनि आज गुजरातको प्रदर्शन निकै कमजोर रह्यो । खासगरी गुजरातका ब्याटरले आज दबाब थेग्न नसकेको देखियो । 

आजको चेन्नईको जितले प्लेअफतर्फको यात्रालाई थप रोमाञ्चक बनाइदिएको छ । उसको यस जितले अन्य टोलीहरूमाथि पनि दबाब बढाएको छ । 

हारका बाबजुद गुजरात तालिकाको शीर्ष स्थानमा छ । उसको १४ खेलबाट १८ अंक भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप