मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय
सेयर बजार

मौद्रिक नीतिको प्रभाव : प्रि ओपन सेसनमा ३२.७० अंकले बढ्यो नेप्से

सोमबार, १२ जेठ २०८२, ११ : ०८
सोमबार, १२ जेठ २०८२

समाचार सारांश

  • सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३२.७० अंकले वृद्धि भई २७१२.७० बिन्दुमा पुग्यो।
  • नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेपछि बजार बढेको हो।
  • १३६ कम्पनीको शेयर कारोबार हुँदा १२७ वटाको मूल्य बढेको छ।

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार प्रि ओपन सेशनमा नेप्से परिसूचक ३२.७० अंकले बढेको छ । ३२.७० अंकले बढेर नेप्से २७१२.७० बिन्दुमा पुगेको छ ।

आइतबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा मार्फत लगानीकर्ताले वर्षैदेखि उठाउँदै आएको माग पुरा गरेसँगै नेप्से प्रि ओपन सेसनमा उच्च अंकले बढेको हो । 

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेको थियो ।  राष्ट्र बैंकमा प्राडा. विश्वनाथ पौडेल गभर्नर नियुक्त भएपछि आएको मौद्रिक नीतिको समिक्षा पुँजी बजार प्रति उदार देखिएका छन् ।

सेयर बजार अनुत्पादक क्षेत्र भएकाले जोखिम उच्च हुने भन्दै सेयर धितोकर्जाको जोखिम भार १२५ प्रतिशत बनाएको थियो । केन्द्रीय बैँकको यो कदमलाई सेयर बजारका लगानीकर्ताले खुलेर स्वागत गरेका छन् ।

सोमबार प्रिओपन सेसनमा १३६  कम्पनीको १ लाख १६ हजार ३३४ कित्ता शेयर ४ करोड १० लाख ३५ हजार ७१४ रुपैयाँ बराबरको खरिद बिक्री भएको छ। जसमध्ये १२७ कम्पनीको मूल्य बढेको छ भने ५ कम्पनीको मूल्य घटेको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप