मौद्रिक नीतिको प्रभाव : प्रि ओपन सेसनमा ३२.७० अंकले बढ्यो नेप्से
सारांश
- सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३२.७० अंकले वृद्धि भई २७१२.७० बिन्दुमा पुग्यो।
- नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेपछि बजार बढेको हो।
- १३६ कम्पनीको शेयर कारोबार हुँदा १२७ वटाको मूल्य बढेको छ।
काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार प्रि ओपन सेशनमा नेप्से परिसूचक ३२.७० अंकले बढेको छ । ३२.७० अंकले बढेर नेप्से २७१२.७० बिन्दुमा पुगेको छ ।
आइतबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक समीक्षा मार्फत लगानीकर्ताले वर्षैदेखि उठाउँदै आएको माग पुरा गरेसँगै नेप्से प्रि ओपन सेसनमा उच्च अंकले बढेको हो ।
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेको थियो । राष्ट्र बैंकमा प्राडा. विश्वनाथ पौडेल गभर्नर नियुक्त भएपछि आएको मौद्रिक नीतिको समिक्षा पुँजी बजार प्रति उदार देखिएका छन् ।
सेयर बजार अनुत्पादक क्षेत्र भएकाले जोखिम उच्च हुने भन्दै सेयर धितोकर्जाको जोखिम भार १२५ प्रतिशत बनाएको थियो । केन्द्रीय बैँकको यो कदमलाई सेयर बजारका लगानीकर्ताले खुलेर स्वागत गरेका छन् ।
सोमबार प्रिओपन सेसनमा १३६ कम्पनीको १ लाख १६ हजार ३३४ कित्ता शेयर ४ करोड १० लाख ३५ हजार ७१४ रुपैयाँ बराबरको खरिद बिक्री भएको छ। जसमध्ये १२७ कम्पनीको मूल्य बढेको छ भने ५ कम्पनीको मूल्य घटेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण