सडक विभागको नेतृत्व परिवर्तन, नयाँ महानिर्देशकमा डा. जैसी
सोमबार, १२ जेठ २०८२, १३ : ३५
सारांश
- सडक विभागका महानिर्देशक रामहरि पोखरेलको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको छ।
- डा. विजय जैसीलाई सडक विभागको नयाँ महानिर्देशकमा नियुक्त गरिएको छ। उनी यसअघि मन्त्रालयको विकास सहायता समन्वयमा थिए।
- पोखरेलले एक वर्षअघि महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए, भने जैसी यसअघि विभागमा विभिन्न पदमा कार्यरत थिए।
काठमाडौँ । सडक विभागको महानिर्देशक रामहरि पोखरेलको सरुवा भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री देवेन्द्र दाहालले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै महानिर्देशक पोखरेलको सरुवा गरेका हुन् । उनलाई मन्त्रालयमा तानिएको छ ।
सरुवासँगै रिक्त विभागको महानिर्देशकमा डा. विजय जैसीलाई जिम्मेवारी दिइएको मन्त्रालय स्रोतले जनाएको छ । उनी यसअघि भौतिक मन्त्रालयको विकास सहायता समन्वय तथा गुणस्तर महाशाखामा प्रमुख थिए ।
पोखरेल गत वर्ष जेठमा विभागको महानिर्देशक बनेका थिए । महानिर्देशक बन्नुअघि उनी विभागकै सहसचिव थिए । करिब एक वर्षपछि उनलाई मन्त्रालय तानिएको हो ।
डा. जैसी यसअघि सडक विभागकै उपमहानिर्देशक, विभाग अन्तर्गतकै अनुसन्धान तथा विकास केन्द्रका निर्देशक समेत भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण