सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सडक विभागको नेतृत्व परिवर्तन, नयाँ महानिर्देशकमा डा. जैसी

सोमबार, १२ जेठ २०८२, १३ : ३५
सोमबार, १२ जेठ २०८२

समाचार सारांश

  • सडक विभागका महानिर्देशक रामहरि पोखरेलको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको छ।
  • डा. विजय जैसीलाई सडक विभागको नयाँ महानिर्देशकमा नियुक्त गरिएको छ। उनी यसअघि मन्त्रालयको विकास सहायता समन्वयमा थिए।
  • पोखरेलले एक वर्षअघि महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए, भने जैसी यसअघि विभागमा विभिन्न पदमा कार्यरत थिए।

काठमाडौँ । सडक विभागको महानिर्देशक रामहरि पोखरेलको सरुवा भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री देवेन्द्र दाहालले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै महानिर्देशक पोखरेलको सरुवा गरेका हुन् । उनलाई मन्त्रालयमा तानिएको छ । 

सरुवासँगै रिक्त विभागको महानिर्देशकमा डा. विजय जैसीलाई जिम्मेवारी दिइएको मन्त्रालय स्रोतले जनाएको छ । उनी यसअघि भौतिक मन्त्रालयको विकास सहायता समन्वय तथा गुणस्तर महाशाखामा प्रमुख थिए । 

पोखरेल गत वर्ष जेठमा विभागको महानिर्देशक बनेका थिए । महानिर्देशक बन्नुअघि उनी विभागकै सहसचिव थिए । करिब एक वर्षपछि उनलाई मन्त्रालय तानिएको हो ।

डा. जैसी यसअघि सडक विभागकै उपमहानिर्देशक, विभाग अन्तर्गतकै अनुसन्धान तथा विकास केन्द्रका निर्देशक समेत भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप