मौद्रिक नीतिको प्रभाव टिकेन: ६६ अंक बढेको बजार घटेर बन्द
सारांश
- सेयर बजार परिसूचक २.९७ अंकले घटेर २६७७ विन्दुमा बन्द भयो।
- आज ७ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा ९२ कम्पनीको मूल्य बढ्यो भने १५५ को घट्यो।
- मौद्रिक नीतिको समीक्षापछि सुरुमा बजार बढे पनि अन्त्यमा बिक्रीकर्ता हावी हुँदा बजार घट्यो।
काठमाडौँ । सेयर बजार परिसूचक घटेर बन्द भएको छ । प्रि–ओपनिङ सेसन र कारोबारको पहिलो केही मिनेटभित्रै करिब ६६ अंक माथि पुगेको बजार अन्तमा २.९७ अंकले घटेको हो । योसँगै परिसूचक २६७७ विन्दुमा झरेको छ ।
आज बजारमा ७ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । आज बजारमा ९२ कम्पनीको मूल्य बढ्दा १५५ कम्पनीको मूल्य घटेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै शेयर बजारसँग सम्बन्धित विषयमा खुकुलो नीति लिएको थियो । यसको प्रभावस्वरुप सुरुमा बजार बढे पनि पछि बिक्रेता हाबी हुँदा बजार घटेको देखिन्छ ।
समग्र बजार घटे पनि बैंकिङ लगायतका केही परिसूचक बढेको छ । बजारमा होटल र माइक्रोफाइनान्स लगायतका सूचक घटेका छन् ।
आज बजारमा ओम मेगाश्री हाइड्रोपावरको मूल्य सकारात्मक सर्किट लाग्दा गुराँस लघुवित्त र बाराही हाइड्रोपावरको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
बजारमा आज राधी जलविद्युत् कम्पनीको शेयर सर्वाधिक कारोबार भएको छ । ङादी ग्रुप पावर कारोबार संख्या र शेयर सङ्ख्याका आधारमा अगाडि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण