बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय
राजावादी प्रदर्शन

तीनकुने प्रदर्शन : दुर्गा प्रसाईंको बयान सकियो

सोमबार, १२ जेठ २०८२, १९ : ३५
सोमबार, १२ जेठ २०८२

काठमाडौँ । तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईँको बयान सकिएको छ । 

जिल्ला अदालत काठमाडौँमा न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा आज प्रसाईँको बयान सकिएको हो । 

आजदेखि तीनकुने घटनामा संलग्न प्रतिवादीहरूसँग अदालतमा बयान लिन थालिएकोमा आज प्रसाईँको मात्र बयान सकिएकोमा अन्य प्रतिवादीको बयान भोलिदेखि सुरु हुनेछ । 

आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले प्रहरी प्रतिवेदनका आधारमा दुई वटा मिसिल तयार गरी दुर्गा प्रसाईसहित ५० जनाविरुद्ध राज्य विरुद्ध, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने र संगठित अपराध कसुरमा र भाटभटेनी लुटपाटमा संलग्न
११ जनाविरुद्ध आपराधिक उपद्रव कसुरमा मुद्दा दर्ता गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप