राजावादी प्रदर्शन
तीनकुने प्रदर्शन : दुर्गा प्रसाईंको बयान सकियो
सोमबार, १२ जेठ २०८२, १९ : ३५
काठमाडौँ । तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईँको बयान सकिएको छ ।
जिल्ला अदालत काठमाडौँमा न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा आज प्रसाईँको बयान सकिएको हो ।
आजदेखि तीनकुने घटनामा संलग्न प्रतिवादीहरूसँग अदालतमा बयान लिन थालिएकोमा आज प्रसाईँको मात्र बयान सकिएकोमा अन्य प्रतिवादीको बयान भोलिदेखि सुरु हुनेछ ।
आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले प्रहरी प्रतिवेदनका आधारमा दुई वटा मिसिल तयार गरी दुर्गा प्रसाईसहित ५० जनाविरुद्ध राज्य विरुद्ध, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने र संगठित अपराध कसुरमा र भाटभटेनी लुटपाटमा संलग्न
११ जनाविरुद्ध आपराधिक उपद्रव कसुरमा मुद्दा दर्ता गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण