भिजिट भिसा प्रकरण
प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूद्वारा उठेर विरोध
मङ्गलबार, १३ जेठ २०८२, ११ : ४७

काठमाडौँ । प्रनिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाएका छन् । प्रतिपक्षी दलका सांसदहरू उठेपछि सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनलाई बोल्न दिए ।
पुनले बोल्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत (सहसचिव) तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनको दायरामा राखेको र त्यो विषयमा गृहमन्त्री रमेश लेखकको सचिवालय पनि जोडिएको देखिएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गर्दै त्यो नहुँदासम्म सदनको कारबाही अघि बढाउन नदिने बताए ।
यस्तै रास्वपाका सांसद शिशिर खनालले पनि गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
आइतबार कस्ताे रहला तपाईँकाे दिन ? हेराैं आजकाे राशिफल
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
यस्ताे छ आज विदेशी मुद्राको विनिमयदर
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बुर्तिबाङलाई नयाँ सहर बनाउने कार्य सुस्त गतिमा