जुडोमा नेपाललाई पाँच स्वर्णसहित १० पदक
सारांश
- बङ्गलादेशमा भएको बङ्गलादेश क्रिरा सिखा प्रोतिष्ठान (बिकेएसपी) कप अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपाली खेलाडीले ५ स्वर्ण पदक जिते।
- नेपालले समग्रमा उपविजेता स्थान हासिल गर्यो, जसमा बन्दी सहायता नियोग (पाम)का खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै ४ स्वर्ण जिते।
- प्रतियोगितामा नेपालका १२ खेलाडी सहभागी थिए, जसमा पुरुष र महिला दुवै तर्फका खेलाडीले पदक जिते।
काठमाडौँ । बङ्गलादेश क्रिरा सिखा प्रोतिष्ठान (बिकेएसपी) कप आमन्त्रण अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपाली खेलाडीले पाँच स्वर्णसहित १० पदक जितेका छन् ।
नेपालले थप एक रजत र चार कांस्य पनि जित्दै समग्रमा उपविजेता बन्यो । त्यसमा बन्दी सहायता नियोग (पाम)का खेलाडीले सर्वाधिक चार स्वर्ण र एक कांस्य जिते । प्रतियोगितामा पामबाट पाँच खेलाडी सहभागी भएकोमा सबैले पदक चुमे । पुरुष ६० केजीमुनि सविनकुमार दियाली र ६६ केजीमुनि विशेष विक तथा महिला ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि विनीता नेपाली र ५७ केजीमुनि पेमा याङजी शेर्पाले नेपाललाई स्वर्ण दिलाए ।
पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङले रजत जिते । पुरुष ५५ केजीमुनि बुद्ध गुरुङ र ७३ केजीमाथि विज्ञान खत्री तथा महिला ४४ केजीमुनि समिता नेपाली र ६३ केजीमुनि रेखा श्रेष्ठले कांस्य हात पारे ।
प्रतियोगितामा नेपालबाट जम्मा १२ खेलाडी सहभागी थिए । तीमध्ये निशा, विनीता, पेमा, सविन र समिता पामका हुन् ।
प्रशिक्षकमा राधादेवी राई र लक्ष्मी तामाङ रहेका छन् । राधाले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेको नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी दिए । बङ्गलादेशको बीकेएसपी टोली ६ स्वर्ण, ८ रजत र १० कांस्यसाथ टिम च्याम्पियन बन्यो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण