मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय

कामिरिता शेर्पाद्वारा ३१औँ पटक सगरमाथाको सफल आरोहण

मङ्गलबार, १३ जेठ २०८२, १२ : २३
मङ्गलबार, १३ जेठ २०८२

समाचार सारांश

  • विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१औं पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाए।
  • सोलुखुम्बु थामेका ५५ वर्षीय शेर्पाले बिहान ४ बजे सगरमाथाको शिखरमा पुगेर कीर्तिमान तोडे।
  • यस सिजनमा ४६ आरोही समूहका ४५८ जनाले आरोहण अनुमति लिएका थिए, जसमा करिब ५०० जनाले सगरमाथा आरोहण गरे।

काठमाडौँ । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१ औँ पटक सगरमाथा आरोहण सफल गरेका छन् । सोलुखुम्बु थामेका ५५ वर्षीय शेर्पाले आज बिहान ४ः०० बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैँले राखेको कीर्तिमान तोडेका हुन् । 

अघिल्लो वर्ष शेर्पाले २९ र ३० औँ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए । पर्यटन विभागका अनुसार आजदेखि सगरमाथा आरोहण सकिनेछ ।

यो ‘सिजन’मा ४६ आरोही समूहका ४५८ जनाले आरोहण अनुमति लिएका थिए । उनीहरुमध्ये करिब ५०० जनाले सगरमाथा आरोहण गरेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप