भारतमा कारभित्र एकै परिवारका सात जना मृत भेटिए
मङ्गलबार, १३ जेठ २०८२, १२ : ३८
सारांश
- हरियाणाको पंचकुलामा एउटा कारभित्र सात जनाको शव फेला परेको छ। मृतकहरू एकै परिवारका सदस्य हुन्, जसको पहिचान भइसकेको छ।
- प्रहरीका अनुसार, घटना प्रारम्भिक रूपमा आत्महत्याको घटना जस्तो देखिन्छ र फोरेन्सिक प्रमाणहरू संकलन गरिएको छ।
- प्रहरीले घटनाको गहिरो अनुसन्धान गर्ने बताएको छ। मृतकहरू देहरादुनका एकै परिवारका सदस्य रहेको समाचार छ।
नयाँ दिल्ली । भारतको हरियाणास्थित पंचकुलामा एउटा कारभित्र सात जना मृत फेला परेका छन् । पंचकुलाका डीसीपी हिमाद्री कौशिकले मृतक सबै एकै परिवारका भएको र उनीहरूको पहिचान भइसकेको बीबीसी हिन्दीलाई बताएका छन् ।
सोमबार भएको उक्त घटना प्रथम दृष्टिमै आत्महत्याको घटनाजस्तो देखिएको उनको भनाइ छ । यस्तै समाचार एजेन्सी पीटीआईले मृतकहरू देहरादुनका एकै परिवारका सदस्य रहेको उल्लेख गरेको छ ।
गएराति मिडियासँग कुरा गर्दै डीसीपी हिमाद्री कौशिकले सरसरती हेर्दा यो आत्महत्याको घटना देखिएको र सबै फोरेन्सिक प्रमाणहरू सङ्कलन गरिएको बताए । यो घटनाको गहन अनुसन्धान गरिने डीसीपी कौशिकले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण