बार्सिलोनासँग नयाँ दीर्घकालीन सम्झौता गर्न यामाल सहमत
सारांश
- युवा खेलाडी लामिन यामालले बार्सिलोनासँग लामो समयको सम्झौता गर्दैछन्, जसमा बालोन डी'ओर बोनस पनि समावेश छ।
- नयाँ सम्झौताले यामाललाई सन् २०२३ सम्म क्लबमा राख्नेछ र उनको पारिश्रमिकमा वृद्धि हुनेछ, उनले विभिन्न बोनसहरू पनि प्राप्त गर्नेछन्।
- यामाल बार्सिलोनाका लागि सर्वाधिक पारिश्रमिक पाउने खेलाडी बन्नेछन् र उनले गत सिजन उत्कृष्ट प्रदर्शन गरेका थिए।
क्याम्प नाउ । युवा खेलाडी लामिन यामालले बार्सिलोनासँग नयाँ दीर्घकालीन सम्झौता गर्ने भएका छन् । यसमा बालोन डी’ओर बोनस पनि समावेश छ ।
फाब्रिजियो रोमानोका अनुसार यामालले नयाँ दीर्घकालीन सम्झौताले उनलाई जुन २०३१ सम्म क्लबमा राख्नेछ। सोमबार, क्याटालान क्लबले यामालका एजेन्ट जोर्ज मेन्डेससँग पूर्ण सहमति जुटाएको थियो । स्टार खेलाडीले मंगलबार औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ।
नयाँ सम्झौताअनुसार, यामालको पारिश्रमिकमा ठुलो वृद्धि हुनेछ। १७ वर्षीय खेलाडीले विभिन्न बोनसहरू समेत पाउनेछन्, जसमा बलोन डि’ओर जितेमा प्राप्त हुने विशेष बोनस पनि समावेश छ।
ईएसपीएनका अनुसार, यामाल क्लबको सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडी बन्नेछन् । उनले रोबर्ट लेवान्डोव्स्कीको वार्षिक ३३ मिलियन युरोको पारिश्रमिकलाई समेत उछिनेछन्।
यामालले बार्सिलोनाका लागि उत्कृष्ट सिजन बिताएका थिए, जसमा उनले ५५ खेलमा १८ गोल र २५ असिस्ट गरेका थिए। उनले क्लबलाई घरेलु ट्रेबल जित्न र च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण