बुधबार, १४ जेठ २०८२
ताजा लोकप्रिय

बार्सिलोनासँग नयाँ दीर्घकालीन सम्झौता गर्न यामाल सहमत

मङ्गलबार, १३ जेठ २०८२, १५ : १७
मङ्गलबार, १३ जेठ २०८२

समाचार सारांश

  • युवा खेलाडी लामिन यामालले बार्सिलोनासँग लामो समयको सम्झौता गर्दैछन्, जसमा बालोन डी'ओर बोनस पनि समावेश छ।
  • नयाँ सम्झौताले यामाललाई सन् २०२३ सम्म क्लबमा राख्नेछ र उनको पारिश्रमिकमा वृद्धि हुनेछ, उनले विभिन्न बोनसहरू पनि प्राप्त गर्नेछन्।
  • यामाल बार्सिलोनाका लागि सर्वाधिक पारिश्रमिक पाउने खेलाडी बन्नेछन् र उनले गत सिजन उत्कृष्ट प्रदर्शन गरेका थिए।

क्याम्प नाउ । युवा खेलाडी लामिन यामालले बार्सिलोनासँग नयाँ दीर्घकालीन सम्झौता गर्ने भएका छन् । यसमा बालोन डी’ओर बोनस पनि समावेश छ ।

फाब्रिजियो रोमानोका अनुसार ‍‍यामालले नयाँ दीर्घकालीन सम्झौताले उनलाई जुन २०३१ सम्म क्लबमा राख्नेछ। सोमबार, क्याटालान क्लबले यामालका एजेन्ट जोर्ज मेन्डेससँग पूर्ण सहमति जुटाएको थियो । स्टार खेलाडीले मंगलबार औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ।

नयाँ सम्झौताअनुसार, यामालको पारिश्रमिकमा ठुलो वृद्धि हुनेछ। १७ वर्षीय खेलाडीले विभिन्न बोनसहरू समेत पाउनेछन्, जसमा बलोन डि’ओर जितेमा प्राप्त हुने विशेष बोनस पनि समावेश छ। 

ईएसपीएनका अनुसार, यामाल क्लबको सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडी बन्नेछन् । उनले रोबर्ट लेवान्डोव्स्कीको वार्षिक ३३ मिलियन युरोको पारिश्रमिकलाई समेत उछिनेछन्।

यामालले बार्सिलोनाका लागि उत्कृष्ट सिजन बिताएका थिए, जसमा उनले ५५ खेलमा १८ गोल र २५ असिस्ट गरेका थिए। उनले क्लबलाई घरेलु ट्रेबल जित्न र च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप