तीनकुने घटनाबारे पुस्कर खतिवडाको बयान : २/३ ढुङ्गा प्रहार गरी त्यहाँबाट निस्किएको हुँ
सारांश
- तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा धर्मगुरु पुष्कर खतिवडाले ढुङ्गा हानेको स्वीकार गरेका छन्।
- प्रहरीले अश्रुग्यास हानेपछि ढुङ्गा हानेको र आफू कुनै पार्टीको सदस्य नभएको उनले बताए।
- दुर्गा प्रसाईंले तोडफोडको निर्देशन दिएको र सोही कारण भाटभटेनी, कान्तिपुर र पार्टी कार्यालयमा तोडफोड भएको खतिवडाले बताए।
काठमाडौँ । चैत १५ गते भएको तीनकुनेमा राजावादीको हिंस्रक प्रदर्शनमा सहभागी भएका धर्मगुरु भनेर चिनिने पुस्कर खतिवडाले २/३ ढुङ्गा प्रहार गरी त्यहाँबाट निस्किएको बताएका छन् । प्रहरीसँगको बयानमा उनले प्रहरीले अश्रुग्यास प्रहार गरेपछि ढुङ्गा हानेको र तत्काल सो स्थानबाट निस्किएको बताएका हुन् ।
आफू कुनै पार्टीको सदस्य नरहेको, हिन्दू राष्ट्रको समर्थक भएकाले स्वतन्त्र नागरिकका हिसाबले त्यहाँ आन्दोलनमा सहभागी भएको बयानमा उनले बताएका छन् । स्टेजमा रहँदा आन्दोलनका कमाण्डर दुर्गा प्रसाईले निजी सम्पत्तिमा असर नगरी पार्टी कार्यालय र कान्तिपुर कार्यालय तोडफोड गर्न फोनमार्फत निर्देशन दिएको पनि आफूले सुनेको उनले बताएका छन् ।
प्रसाईँले नै निर्देशन दिएपछि भाटभटेनी, कान्तिपुर र पार्टी कार्यालयमा तोडफोड भएको बयान उनले दिएका छन् । आफूले ढुङ्गा हान्नेबाहेक अन्य तोडफोड र आगजनी नगरेको उनको भनाइ छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण