फिलाडेल्फियाको फेयरमाउन्ट पार्कमा गोलाबारी हुँदा दुई जनाको मृत्यु

काठमाडौँ । फिलाडेल्फियाको प्रसिद्ध फेयरमाउन्ट पार्कमा गोली चलेको खबर आएको छ । यो सामूहिक गोलीबारीको घटनामा दुई जना नाबालिगको मृत्यु भएको छ भने कम्तीमा आठ जना घाइते भएका छन् ।
घटना स्थानीय समय अनुसार राति करिब साढे १० बजे लेमन हिल ड्राइभमा भएको हो । यस समयमा पार्कमा ठुलो सङ्ख्यामा मानिसहरू उपस्थित थिए । कार मिटअपपछि गोलीबारी भएको प्रहरीलाई उद्धृत गर्दै खबरमा भनिएको छ । यसमाथि कारले ठक्कर दिएपछि अर्का एक व्यक्ति घाइते भएर लाई अस्पताल लगिएको पनि बताइएको छ ।
यो घटना दक्षिण क्यारोलिनाको लिटिल रिभरमा भएको अर्को सामूहिक गोलीकाण्डको एक दिन पछि आएको हो । उक्त घटनामा ११ जना घाइते भएका थिए । प्रहरीले साउथ क्यारोलिनाको घटनालाई स्थानीय बदमासहरूको काम भनेको छ ।
प्रहरीले मानिसहरूलाई कुनै खतरा नभएको आश्वासन दिएको छ । हालै गरिएको एक अध्ययनले १५ मध्ये एक अमेरिकी सामूहिक गोलीकाण्डको प्रत्यक्षदर्शी भएको देखाएको छ ।
लगभग ७ प्रतिशत अमेरिकी वयस्कहरूले आफ्नो जीवनकालमा सामूहिक गोलीकाण्ड देखेको कोलोराडो बोल्डर विश्वविद्यालयको एक रिपोर्टले देखाएको छ । यस अवधिमा दुई प्रतिशतभन्दा बढी मानिसहरू घाइते भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश सरकारको बजेट सार्वजनिक गर्ने समय संशोधन
-
राप्रपाद्वारा संसद् बहिष्कार
-
पर्यटकीयस्थल खोपारामा भौतिक पूर्वाधार निर्माण
-
लुम्बिनी प्रदेशसभाको बैठक २ घण्टा पछि सर्यो
-
अर्थमन्त्री बोल्दाबोल्दै सांसद पाण्डेको सभामुखलाई प्रश्न– सभा सञ्चालन गर्ने तरिका भएन
-
बजेट प्रस्तुत भएको १७ दिनपछि संसद्मा छलफल सुरु