एनभिए कपमा सुदूरपश्चिम प्रदेशको प्रदर्शन किन कमजोर ?

समाचार सारांश
- सुदूरपश्चिमको पुरुष भलिबल टोली एनभिए कपमा लगातार चार खेलमा पराजित भयो, जसमा कमजोर प्रदर्शन देखियो।
- प्रशिक्षकका अनुसार टिम बनाउन हतार भएको र पर्याप्त अभ्यास नभएको कारण हारको कारण बन्यो।
- टिमको कमजोर व्यवस्थापन, आर्थिक अभाव र खेलाडी छनोटमा समस्या देखिएको छ, जसले गर्दा समर्थकहरू निराश छन्।
कैलाली । नवौँ पिएम कप एनभिएमा पुरुष तर्फको सुदूरपश्चिमको टोलीको प्रदर्शन निकै कमजोर देखियो । प्रतियोगितामा मंगलबार सुदूरपश्चिमले आफूले खेलेको चौथो खेल खेल्दै चौथो हार भयो।
पोखरास्थित रङ्गशालाको कभर्ड हलमा मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश पुरुषतर्फको टोली मणिमुकुन्दको टोलीसँग ३–० को सेटमा पराजित भयो । मणिमुकुन्दले पहिलो सेट २५–२१, दोस्रो २५–२२ र तेस्रो सेट २५–१० जित्यो । यसअघि सुदूरपश्चिमले पहिलो खेल बलियो प्रतिद्वन्द्वी नेपाल एपीएफ क्लबसँग ३–० को सोझो सेटमा पराजित हुँदै कमजोर सुरुवात गरेको थियो ।
सुदूरपश्चिमले एपीएफको सशक्त प्रदर्शनको सामना गर्न सकेन। एपीएफले २५–१९, २५–१६, २५–१६ को एकतर्फी नतिजामा खेल आफ्नो पक्षमा पारेको थियो । त्यसपछिको दोस्रो खेलमा सुदूरपश्चिमको टोली हेल्प नेपालसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।
हेल्प नेपालको टोलीसँग कमजोर प्रदर्शन गर्दै पराजित भयो। हेल्प नेपालले २५–१९, २५–१७, २५–१८ को एकतर्फी नतिजामा खेल आफ्नो पक्षमा पारेको थियो । तेस्रो खेल कोशी प्रदेशसँग ३–१ को सेटमा पराजित भएको छ। त्यस खेलमा सुदूरपश्चिमले पहिलो सेट २७–२५ले जितेको थियो।
यो सेटमा उसले राम्रो प्रदर्शन गरेको थियो। त्यसपछिका सेट भने गुमाउन पुग्यो। कोशी प्रदेशले दोस्रो सेट २५–२०, तेस्रोमा २७–२५ र चौथो सेटमा २५–१९ को नतिजामा खेल आफ्नो पक्षमा पारेको थियो ।
बुधवार सुदूरपश्चिम विभागीय टिम आर्मीसँग अन्तिम खेल खेल्नेछ । एनभिएमा कपमा सुदूरपश्चिम जित बिहिन बन्यो। चार खेलमा पराजित भयो । यसरी लगातार हार हुनुमा प्रशिक्षक लालबहादुर बटाला भन्छन्–अरू ठाउँका खेलाडीहरू यही प्रतियोगिताका लागि महिनौँ अभ्यास गर्छन्, त्यही अनुसार टिम तयार गरेको हुन्छ टिममा लगानी पनि त्यही हुन्छ। हाम्रोमा हतार–हतार टिम बनाउनुपर्ने अवस्था हुन्छ, यही प्रतियोगिताका लागि भनेर केहि पनि अभ्यास गराइँदैन। अभ्यास नगराएर सिँधै खेल्न कोटमा जाँदा प्रतिफल राम्रो प्राप्त हुँदैन,’।
उनी थाइल्यान्डको राजधानी बैंककमा फाइव कोचेएज्, कोर्स लेवल २ मा गएका थिए। नेपाल फर्कीएपछि उनले सुदूरपश्चिम प्रदेश भलिबल सङ्घको समन्वयमा हतार हतार टिम बनाए ।
‘हतारको काम लतार भनेजस्तै भयो, केहि कमजोरी भयो जसले जित निकाल्न सकिएन,’उनले भने। जिल्ला अध्यक्ष भलिबल सङ्घ जिल्ला अध्यक्ष निरज शाहका सुदूरपश्चिमको टिम प्रतियोगितामा सहभागी गराउन माथिबाट पत्र आएको थियो। उक्त पत्र सुदूरपश्चिम खेलकुद परिषद्लाई आएको थियो। खेलकुद परिषद्मा अहिले सदस्य सचिव छैन। नयाँ सदस्य सचिव नियुक्त हुन सकेको अवस्था छैन ।
‘यो पटक प्रदेशको टिमले भाग नलिए कारबाहीमा पर्छ। पहिला टप ६ मा परेर एनभिए कप खेल्ने भएको हो प्रदेशको टोली, यो पटक नखेले फेरि छनोट खेल खेल्नुपर्छ भन्ने भयो। यो पटक सहभागी नबने फेरि दुई वर्ष ब्यान्ड हुने डरले प्रतियोगिता खेल्न भलिबल सङ्घले खेलकुद परिषद्, सामाजिक विकास मन्त्रालयमा समन्वय गरेको थियो, सदस्य सचिव नहुँदा त्यहाँबाट तत्काल लगानी पाइएन, सामाजिक विकास मन्त्रालयका सचिवले अहिले तपाईहरु म्यानेज गरेर टिम लग्नुहोस् पछि हामी भूक्तानी गर्ने व्यवस्था गरौँला भनेर भलिबल सङ्घलाई भन्नुभयो, त्यसपछि प्रशिक्षक लालबहादुर बटालाको नेतृत्व टिम बनेर गयो,’ ।
भलिबलका पूर्व राष्ट्रिय खेलाडी रोयल सिवी कन्सट्रक्सन एण्ड सप्लार्यस् प्राइभेट लिमिटेडका सञ्चालक चेतमान विक्रम शाहले प्रदेशको पुरुष भलिबल टिमलाई जर्सी सौजन्य गरे। यसरी जर्सीको व्यवस्था गरियो। गाडी भाडा र खान, बस्न प्रदेशको भलिबल सङ्घले गरेको छ ।
‘खेलकुद परिषद्को हाकीम साप र मन्त्रालयका सचिवले खर्चका लागि व्यवस्था हुन्छ त भनेका छन्, तर, के हुन्छ अव नयाँ सदस्य चिव नहुँदा गाह्रो भयो, अव भोली आउनलाई पनि भाडा पनि छैन। अस्ति भाडा खर्च आफै व्यहोरेको थियौँ, संघमा पैसा हुँदैन, सङ्घले झेल्न सक्ने अवस्था हुँदैन। जिम्मेवारीमा बसेको हुनाले गर्नुपर्छ भन्ने हो, हामीलाई पनि गाह्रो छ,’अध्यक्ष शाहले भने।
टिमको कमजोर व्यवस्थापनका कारण पुरै प्रदेशको पहिचानमा लज्जित अवस्था सिर्जना भएको भलिबलका सर्मथकहरुको भनाई छ ।सुदूरपश्चिमबाट नेपाली राष्ट्रिय पुरुष र महिला भलिबल टोलीमा धेरै खेलाडीले खेलिसकेका छन्। उनीहरूको प्रदर्शन राम्रो हुन्छ ।
सुदूरपश्चिमका कतिपय खेलाडी विभागीय टिमबाट पनि उत्कृष्ट खेल्छन् । प्रदेशका खेलाडी विभागीय टिमबाट खेल्दा उत्कृष्ट प्रदर्शन गर्छन् । सुदूरपश्चिमको टिम भने कमजोर प्रदर्शन गर्दा यहाँका सर्मथकहरु निराश बनेका छन्। धनगढीका गोविन्द विष्ट भन्छन्–यति ठुलो प्रतियोगितामा सुदूरपश्चिमको टोलीले एक जित ननिकाल्दा धेरै मन रोएको छ। प्रदेशको टोलीमा बलिया युवा खेलाडी छन्। युवामा ठुलो शक्ति र साहस हुन्छ तर खेल खेल्न मैदानमा जाँदा अगाडी तयारी पनि त्यही अनुसार चाहिन्छ। अरू टिमको तयारी एकदम बलियो देखियो। अभ्यासको कमी भयो,’ ।
प्रदेश सरकार, स्थानीय सरकार, प्रदेशको भलिबल महासङ्घ जो–जो सम्बन्धी निकाय छन् उनीहरुले लगानी लगाएर कोर्टमा खेलाडीलाई लड्न पठाउनुपर्ने उनको भनाई छ ।‘खेलाडी छनोट, खेलाडीबिचको तालमेल, अभ्यास सोही अनुसार व्यवस्थापन हुनुपर्छ तब जित निकाल्न सकिन्छ,’उनले भने– प्रदेशको टिम भनेपछि पुरै प्रदेशको सान हो तर टिममा कमजोर व्यवस्थापन भयो ।
सुदूरपश्चिम खेलकुद परिषद्का निवर्तमान सदस्य सचिव दिपक सिंह भन्छन्– एनभिएकपमा पहिला सुदूरपश्चिमको टिमले खेल्द पाउँदैन थियो। मेरो कार्यकालमा छनोट खेल खेर अहिले सोजै खेल्ने भएको हो, मेरो कार्यकालमा दुई पटक एनभिए कप खेल्यो, हामीले विदेशी खेलाडी समेत ल्याएका थियौँ,’उनले भने ।
उनका अनुसार प्रदेशको टिमले अन्य बलिया विदेशी खेलाडी, विभागीय खेलाडीसँग खेल्दा अलिकति असहज भएको हो ।‘त्यहाँ खेलाडीको तालमेल भएन, खेलाडीबिच पनि समन्वय अभाव भयो, कसलाई खेलाउने? किन खेलाउने? भन्ने भएन, अनुभवी खेलाडी पनि भएनन्, खेलाडीलाई पनि जानकारी धेरै हुनुपर्थ्यो। फोनका आधारमा खेलाडी बोलाएर लगेर प्रदर्शन राम्रो हुँदैन, खेलाडीबिच पनि समन्वय अभाव भयो, कसलाई खेलाउने? किन खेलाउने? भन्ने भएन, अनुभवी खेलाडी पनि भएनन्, खेलाडीलाई पनि जानकारी धेरै हुनुपर्थ्यो। फोनका आधारमा खेलाडी बोलाएर लगेर प्रदर्शन राम्रो हुँदैन, टिम बनाउँदा सबैसँग समन्वय हुनुपर्छ,’ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिन्दकुश हिमालय संसदीय सम्मेलन’ आगामी साउन २ र ३ मा
-
सशस्त्र प्रहरीले मधेस प्रदेशमा ‘डिजाष्टर भोलेन्टिर’ तयार पार्दै
-
विद्या भण्डारीलाई चीनले दिएको ‘उच्च’ सम्मानले एमाले उत्साहित
-
कोशी प्रदेशलाई दिने अनुदान रकम निरन्तर घट्दो
-
२७ विधामा बाँडियो नेपाल म्युजिक एन्ड फेसन अवार्ड
-
आयोजना निर्माणमा ढिलासुस्ती गर्नेलाई उन्मुक्ति दिँदैनौँ : खानेपानीमन्त्री