शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

मनसुनजन्य विपद्‍को पूर्वतयारीबारे प्रधानमन्त्रीले लिए जानकारी

मङ्गलबार, १३ जेठ २०८२, १८ : १३
मङ्गलबार, १३ जेठ २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जल तथा मौसम विज्ञान विभागको कार्यालय पुगेर मनसुनजन्य विपद्को तयारीबारे जानकारी लिएका छन् । 

मंगलबार विभागको कार्यलय पुगेर मौसमजन्य विपद्‌का घटना हुन नदिन पूर्वतयारीबारे ओलीले जानकारी लिएका हुन् । 

त्यसक्रममा विपद् हुन नदिन विपद् व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागबीच भरपर्दो समन्वय कायम गर्न आवश्यक निर्णय लिइने प्रधानमन्त्री ओलीले बताए । वर्षायाम आउन लागेको भन्दै सबैलाई सचेत रहन उनले आग्रह समेत गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप