संगठनलाई बदनाम गराउन खाेजेको भन्दै युवराज सफल र सानुभाईलाई कारबाही गर्न तरुण दलको माग
काठमाडौँ । नेपाल तरुण दलमा आबद्ध भएको भनी सानूभाई भन्ने व्यक्तिले गृहमन्त्री रमेश लेखकको मुद्दा फिर्ता गर नत्र ज्यान मार्छु भनी युवराज सफल सँग भएको कुराकानीको अडियो समाजिक सञ्जालमा मार्फत बाहिर आएको विषयमा नेपाल तरुण दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यसै विषयमा नेपाल तरुण दलले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरेर संगठनलाई बदनाम गराउन खाजेको भन्दै युवराज सफल र सानुभाईलाई कारबाहीको दायरमा ल्याउन माग गरेको छ ।
'ती दुई पक्षहरुकाबिच नेपाल तरुण दलको नाम जोडेर आएको उक्त अडियोको निष्पक्ष छानबिन गरी हाम्रो संगठनलाई दुर्भावना राखी बदनाम गराउन खोज्ने युवराज सफल र अडियोमा भनिएको सानुभाई दुवैलाई अनुसन्धानको दायरामा ल्याई कानुनी कारवाहिको प्रक्रिया अघि बढाउन प्रशासनलाई अनुरोध गर्दछौँ,'जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
दुर्भावना राखी बदनाम गराउन खोज्ने युवराज सफल र अडियोमा भनिएको सानुभाई दुवैलाई अनुसन्धानको दायरामा ल्याई कानुनी कारवाहिको प्रक्रिया अघि बढाउन प्रशासनलाई तरुण दलले माग गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण