देशमा तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

समाचार सारांश
- मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
- मनसुन अरब सागरको मध्य भूभाग, महाराष्ट्र, मुम्बई, कर्नाटक, तमिलनाडु लगायतका स्थानसम्म फैलिएको छ, र बंगालको खाडीबाट अगाडि बढ्ने क्रममा छ।
- आज दिउँसो लुम्बिनी प्रदेश र पहाडी भूभागमा वर्षाको सम्भावना छ। महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ, किनकि यसले जनजीवन, कृषि, स्वास्थ्य, यातायातलाई असर गर्न सक्छ।
काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले देशको पहाडी भूभागहरूमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
हाल मनसुन अरब सागरको मध्य भूभाग, साथै महाराष्ट्रका केही भूभाग, मुम्बई, कर्नातका, बाङ्गरूलु, तमिल नाडुको बाँकी रहेको भूभाग, तेलाङ्गना र आन्द्र प्रदेशका केही भूभाग, पश्चिम मध्य र उत्तरी बङ्गालको खाडीको केही क्षेत्रका साथै त्रिपुरा, मनीपुर, नागाल्याड, अरुणाचल प्रदेश, आसाम र मेधालयका केही भूभागसम्म फैलिएको छ । बङ्गालको खाडी र उत्तरपूर्वी भूभागका बाँकी भूभाग तथा पश्चिम बङ्गाल र सिक्किमका केही भूभागतर्फ मनसुन अगाडि बढ्ने क्रममा रहेको छ।
आज दिउसो लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
आज राति बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको समस्याको जरो : नयाँ व्यवस्था, पुरानै सोच
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू
-
विद्यार्थी राजनीतिको मेरुदण्ड : उमेर, वैचारिक दृढता, शैक्षिक संलग्नता कि नेतृत्व कौशलता ?
-
जनजातिहरूको विकासका लागि गम्भीर हुन राष्ट्रिय प्रतिष्ठानलाई मन्त्री गुप्ताको निर्देशन
-
लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
-
मनसुनजन्य विपद् व्यवस्थापनको पूर्व तयारीबारे छलफल, गृहमन्त्रीले दिए यस्तो निर्देशन