प्रक्षेपण लगत्तै दुर्घटनाग्रस्त भयो स्पेस एक्सको सबैभन्दा ठुलो रकेट
सारांश
- स्पेस एक्सको स्टारशिप रकेटको परीक्षण उडान फेरि असफल भयो। यो रकेट अहिलेसम्म बनेको सबैभन्दा ठुलो र शक्तिशाली थियो।
- टेक्सासबाट प्रक्षेपण गरिएको रकेट पृथ्वीको वायुमण्डलमा फर्किनुअघि नियन्त्रण बाहिर गयो र टुक्रियो।
- यो रकेट एलन मस्कको मंगलग्रहमा उपनिवेश स्थापना गर्ने योजनाको लागि महत्त्वपूर्ण मानिएको थियो।
क्यालिफोर्निया । अमेरिकी निजी अन्तरिक्ष अन्वेषण कम्पनी स्पेस एक्सको विशाल स्टारशिप रकेटको पछिल्लो परीक्षण उडान फेरि असफल भएको छ । यो यान अहिलेसम्म बनेको सबैभन्दा ठुलो र सबैभन्दा शक्तिशाली रकेट थियो ।
यसलाई मंगलग्रहमा उपनिवेश स्थापना गर्ने अमेरिकी खर्बपति व्यापारी एलन मस्कको महत्त्वाकाङ्क्षाको लागि महत्त्वपूर्ण मानिएको छ । बीबीसी उत्तर अमेरिकी संवाददाता पिटर बोवेसका अनुसार यो स्टारशिपको ९ औँ परीक्षण उडान थियो । यो मानवरहित रकेट टेक्सासबाट सफलतापूर्वक प्रक्षेपण गरिएको थियो ।
तर प्रक्षेपणको केही समयपछि, यानमा केही समस्या भयो । पृथ्वीको वायुमण्डलमा यानलाई फर्काइने योजना बनाउनु अघि रकेट नियन्त्रण बाहिर गयो । कम्पनीका अनुसार अन्तरिक्ष यान द्रुत गतिमा टुक्रियो ।
हिन्द महासागरमा खस्नु अघि यो कयौँ टुक्रा टुक्रा भएको बताइएको छ । यो परीक्षणले स्टारसिपको विश्वसनीयता सुधार गर्न मद्दत गर्ने माइक्रो ब्लगिङ वेबसाइट एक्सको एक पोस्टमा कम्पनीले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण