ट्रेड टावरको आईपीओ आजदेखि निष्कासन
सारांश
- ट्रेड टावर कम्पनीको आईपीओ आजबाट खुला भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन भइसकेको छ।
- कम्पनीले ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
- सर्वसाधारणका लागि ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर निष्कासन गरिएको छ।
काठमाडौँ । ट्रेड टावर कम्पनीको प्राथमिक साधारण सेयर (आईपीओ) आजबाट खुला भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरिसकेको कम्पनीले बुधबारबाट सर्वसाधारणका लागि आईपीओ आवेदन खुला गरेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।
जसमध्ये कम्पनीले ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषहरूका लागि १ लाख ९८ हजार ५८४.६५ कित्ता र कर्मचारीहरूका लागि ७९ हजार ४३३. ८६ कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण