त्रिवि उपकुलपतिको कार्यकक्षमा तोडफोड
सारांश
- त्रिभुवन विश्वविद्यालयका स्ववियु अध्यक्ष र पदाधिकारीहरूले उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेका छन्।
- विद्यार्थीहरूले शैक्षिक क्यालेन्डर विपरीत परीक्षाको समयमा भर्ना खोल्न दबाब दिएका थिए र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरेका थिए।
- नेविसंघबाट निर्वाचित स्ववियु नेताहरूले भर्ना खोल्न माग गर्दै विज्ञप्ति जारी गरेका थिए र उपकुलपति कार्यालयमा तालाबन्दी गरेका छन्।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा तोडफोड गरिएको छ । विभिन्न क्याम्पसबाट स्ववियु अध्यक्ष तथा अन्य पदाधिकारीहरूमा निर्वाचित भएका विद्यार्थीहरूले त्रिवि उपकुलपति प्राडा खड्क केसीको कार्यकक्षमा तोडफोड गरेका हुन् ।
उनीहरूले शैक्षिक क्यालेन्डर विपरीत परीक्षाको समयमा विद्यार्थी भर्ना गर्न दबाब दिँदै तोडफोड गरेका हुन् । यसअघि विद्यार्थी नेताहरूले भर्ना खोल्न दबाब दिएका थिए । उनीहरूले रेक्टर कार्यालय र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी पनि गरेका छन् । तोडफोडपछि उपकुलपति कार्यालयमा समेत तालाबन्दी गरेका छन् ।
सानोठिमी, भक्तपुर, पाटन र सरस्वती क्याम्पसमा नेविसंघबाट निर्वाचित भएका स्ववियु अध्यक्ष तथा अन्य सदस्यहरूले तोडफोड र तालाबन्दी गरेका हुन् । उनीहरूले परीक्षाको बेला अनियमित विद्यार्थी भर्ना गर्न दबाब दिँदै तोडफोड र तालाबन्दी गरेका हुन् ।
यसअघि नेविसंघका विद्यार्थी नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भर्ना खोल्न दबाब दिएका थिए । स्ववियु निर्वाचनका बेला विद्यार्थी भर्ना रोकिएकाले अहिले भर्ना खोल्नुपर्ने दाबी उनीहरूको छ । स्ववियु निर्वाचनका लागि त्रिविले २०८१ माघ ११ गतेदेखि नै स्नातक तह प्रथम वर्षको भर्ना रोकेको थियो । निर्वाचनपछि भर्ना हुन पाउने विद्यार्थीहरूको अधिकार रही आएकोमा त्रिविले आनाकानी गरेको उनीहरूको भनाइ छ ।
उनीहरूले तुरुन्त स्नातक तह प्रथम वर्षको भर्ना खोल्न माग गरेका छन् । पब्लिक युथ क्याम्पसका सन्तोष श्रेष्ठ, सरस्वती क्याम्पसका मुस्कानराज गौतम, कैलाशकुट क्याम्पसका मुरारी गौतम, पद्मकन्या क्याम्पसकी भूपी ऐर, पाटन क्याम्पसका रोहित कपाली लगायतका १९ जनाले संयुक्त विज्ञप्ति जारी गर्दै त्रिवि उपकुलपति कार्यालयमा तालाबन्दी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण