तीन वर्षमा ३ लाख उद्यमी र ३० लाख रोजगारी सिर्जना गर्ने अध्यक्ष थेबेको घोषणा
पोखरा । नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षमा पुनः निर्वाचित भएका क्षितिज थेबेले आगामी तीन वर्षभित्र तीन लाख युवा उद्यमी उत्पादन गर्दै ३० लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेका छन् ।
निर्वाचित भएपछि बुधबार पत्रकार सम्मेलन गरेर उनले यस्तो घोषणा गरेका हुन् । उक्त कार्य योजना महाधिवेशन मार्फत पारित गरिएको उनले सुनाए । थेबेले सङ्घले २० वर्षे दीर्घकालीन लक्ष्यसहितको कार्यक्रम ल्याएको पनि जानकारी दिए । ‘अबको दुई दशकपछि युवा पुस्ताको सोचाइ, आवश्यकता र जीवनशैली कस्तो हुनेछ भन्ने आँकलनसहित हामीले नीति निर्माणको खाका तयार गरेका छौँ,’ उनले भने ।
थेबेले बन्द सत्रमा देशभरका युवामाझ बढ्दो मानसिक तनाव, निराशा र नकारात्मक सोच जस्ता समस्याबारे गम्भीर छलफल भएको बताए । ‘देशका अधिकांश युवा अहिले फ्रस्टेसनको सिकार छन्। उनीहरू मानसिक रूपले कमजोर भइरहेका छन्,’ उनले भने, ‘हामीले यो अवस्थाबाट युवालाई कसरी बाहिर ल्याउने भन्ने विषयमा बहस र सुझाव सङ्कलन गरेका छौँ। बन्द सत्रमा ठोस सङ्कल्पसहित अगाडि बढ्ने निर्णय गरेका छौँ ।’
पोखरा सभागृहमा सम्पन्न राष्ट्रिय युवा सङ्घ नेपालको महाधिवेशनमा सुमन पुरीलाई १८८ मतले पराजित गर्दै थेबे दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण