रियालिटी शो ‘एक्टिङ स्टार’ जेठ १५ गतेबाट प्रसारण हुने
काठमाडौँ। टेलिभिजन रियालिटी शो ‘एक्टिङ स्टार’ जेठ १५ गते बिहिबारदेखि प्रसारण हुने भएको छ । एपीवान टेलिभिजन र ओएसआर रियालिटीमा बेलुकी ९ बजे प्रसारण हुनेछ ।
केही महिना अगाडी नै डिजिटल अडिसनको आव्हान गरेर प्रतियोगी खोज्दै गरेको रियालिटी शो ‘एक्टिङ स्टार’ले प्रि(जज अडिसन सम्पन्न गरी फिजिकल अडिसन लिइसकेको छ । निर्णायक टीममा निर शाह, अनुप बराल र ऋचा शर्मा रहेको जानकारी आयोजक संस्था महक मिडिया नेटवर्कले गराएको छ ।
अभिनयका बादशाह भनेर चिनिने निर शाह, थुप्रै सफल कलाकारका गुरु अनुप बराल र चर्चित अभिनेत्री ऋचा शर्माले ‘एक्टिङ स्टार’को छनोट गर्नेछन् ।कार्यक्रममा सहभागी हुनको लागी बाल कलाकार, युवा कलाकारको साथ साथै वृद्धहरुको समेत रुची देखिएको छ ।
अभिनय कला प्रस्फुटन गर्ने उद्देश्यले ल्याउन लागिएको यो शोको निर्देशन बिशाल भण्डारीले गर्नेछन् । गायन, नृत्य र कमेडीका रियालिटी शोहरुलाई दर्शकले रुचाइरहेका बेला ‘एक्टिङ स्टार’ पनि आउन लागेको हो ।
‘एक्टिङ स्टार’ को डिजिटल अधिकार ओएस आर डिजिटलले खरिद गरेको छ । ‘एक्टिङ स्टार’को विजेताले नगद पुरस्कार राशीसहित फिचर सिनेमामा काम गर्ने अवसर पाउनेछन् । कार्यक्रमका सञ्चालक श्रीजल रुपाखेती हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण