शुक्रबार, १६ जेठ २०८२
ताजा लोकप्रिय
अदालत

मोहम्मद अफताव आलम रिहा

बुधबार, १४ जेठ २०८२, २० : ३६
बुधबार, १४ जेठ २०८२

समाचार सारांश

  • नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम रिहा भएका छन्।
  • उच्च अदालत वीरगन्जले आलमलाई सफाइ दिएपछि उनी नख्खु कारागारबाट रिहा भएका हुन्।
  • आलममाथि इँट्टा भट्टामा मानिसलाई जिउँदै जलाएको आरोप लागेको थियो, यसअघि जिल्ला अदालतले उनलाई जन्मकैदको फैसला गरेको थियो।

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद अफताव आलम रिहा भएका छन् । नख्खु कारागारमा राखिएका उनी बुधबार रिहा भएका हुन् ।

आज मात्रै उच्च अदालत वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याएकाे थियाे ।

उच्च अदालत वीरगन्जले आलमलाई सफाइ दिएपछि उनी रिहा भएका नख्खु कारागारका जेलर भीमराज कोइरालाले बताए । 

उनीमाथि इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोप थियो । यसअघि उनलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप