अदालत
मोहम्मद अफताव आलम रिहा
बुधबार, १४ जेठ २०८२, २० : ३६
सारांश
- नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम रिहा भएका छन्।
- उच्च अदालत वीरगन्जले आलमलाई सफाइ दिएपछि उनी नख्खु कारागारबाट रिहा भएका हुन्।
- आलममाथि इँट्टा भट्टामा मानिसलाई जिउँदै जलाएको आरोप लागेको थियो, यसअघि जिल्ला अदालतले उनलाई जन्मकैदको फैसला गरेको थियो।
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद अफताव आलम रिहा भएका छन् । नख्खु कारागारमा राखिएका उनी बुधबार रिहा भएका हुन् ।
आज मात्रै उच्च अदालत वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याएकाे थियाे ।
उच्च अदालत वीरगन्जले आलमलाई सफाइ दिएपछि उनी रिहा भएका नख्खु कारागारका जेलर भीमराज कोइरालाले बताए ।
उनीमाथि इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोप थियो । यसअघि उनलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण