जावलाखेल पुर्याइयो रातो मच्छिन्द्रनाथको रथ, तस्बिरहरू
सारांश
- रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल पुर्याइयो, जहाँ आइतबार भोटो जात्रा मनाइनेछ।
- मच्छिन्द्रनाथको रथयात्रा वैशाखमा सुरु भई आषाढमा भोटो देखाएर समापन हुन्छ, यो नेपालकै लामो जात्रा हो।
- रथयात्रा पुल्चोकबाट सुरु भई विभिन्न स्थानहरू घुमेर जावलाखेलमा टुंगिन्छ, अन्त्यमा मच्छिन्द्रनाथलाई बुंगमती लगिन्छ।
ललितपुर । रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर आज जावलाखेल पुर्याइएको छ । बिहीबार अपराह्नदेखि रथ तान्न सुरु गरेर साँझ जावलाखेल पुर्याइएको हो । वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ । बिहीबार जावलाखेल पुर्याएसँगै अब आइतबार भोटो जात्रा मनाइनेछ ।
_4a8e1KiGoV.jpg)
रातो मच्छिन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो। मच्छिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थीसम्म चल्छ । मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ।
_oGzUSP0lLS.jpg)
पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइन्छ।
_oQbil5LShU.jpg)
यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ। पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको सुरुवात गराइएको किंवदन्ती छ।
_GtLsho8E6V.jpg)
_XQQ1edxaKX.jpg)
_gI6dV5OURH.jpg)
_UgTrGUy1oq.jpg)
_MJ2hhfnIDP.jpg)
_OI1Eo1sEHF.jpg)
_X4dpTeKJ3M.jpg)
_XuR8RN5scT.jpg)
_Ld5pR721W9.jpg)
_VfLevZHSTw.jpg)
_bGiZcWEnop.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण