जावलाखेल पुर्याइयो रातो मच्छिन्द्रनाथको रथ, तस्बिरहरू
_XuR8RN5scT.jpg)
समाचार सारांश
- रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल पुर्याइयो, जहाँ आइतबार भोटो जात्रा मनाइनेछ।
- मच्छिन्द्रनाथको रथयात्रा वैशाखमा सुरु भई आषाढमा भोटो देखाएर समापन हुन्छ, यो नेपालकै लामो जात्रा हो।
- रथयात्रा पुल्चोकबाट सुरु भई विभिन्न स्थानहरू घुमेर जावलाखेलमा टुंगिन्छ, अन्त्यमा मच्छिन्द्रनाथलाई बुंगमती लगिन्छ।
ललितपुर । रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर आज जावलाखेल पुर्याइएको छ । बिहीबार अपराह्नदेखि रथ तान्न सुरु गरेर साँझ जावलाखेल पुर्याइएको हो । वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ । बिहीबार जावलाखेल पुर्याएसँगै अब आइतबार भोटो जात्रा मनाइनेछ ।
रातो मच्छिन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो। मच्छिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थीसम्म चल्छ । मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ।
पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइन्छ।
यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ। पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको सुरुवात गराइएको किंवदन्ती छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटले शिक्षाका ठोस कार्यक्रमहरू सम्बोधन गर्न नसकेको एनसीई नेपालको ठहर
-
‘ऊनको स्वीटर’ को तेस्रो सातासम्मको आम्दानी कति ?
-
एन प्याब्सनले दियो शिक्षिकाहरूलाई तालिम
-
फाइनल पुग्ने लक्ष्यसहित आपसमा भिड्दै दुई महारथी मुम्बई र गुजरात
-
संसद्को अवरोधबारे निर्णय लिन माओवादीले बोलायो संसदीय दलको बैठक
-
मेक्सिकोको क्षेत्रीय सङ्गीत ब्यान्डका बेपत्ता पाँच सदस्य मृत फेला परे