असंवैधानिक र प्रतिगमनकारी कदमप्रति सचेत रहन जरुरी छ: पूर्वमुख्यमन्त्री शाही

सुर्खेत । कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले असंवैधानिक र प्रतिगमनकारी कदम प्रति सचेत रहन जरुरी रहेको बताएका छन् । ठुलो बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिहरू नै धरापमा पार्ने गरी गतिविधि भइरहेको उनको भनाइ छ ।
‘त्यस्ता असंवैधानिक र प्रतिगमनकारी कदम प्रति सबै सचेत हुनुपर्ने छ,’बिहीबार गणतन्त्र दिवसको शुभकामना सन्देश दिँदै शाहीले भने, ‘गणतन्त्रको स्थापनापश्चात् नै हामीले समावेशी, समानुपातिक व्यवस्था,धर्मनिरपेक्षता, सङ्घीयता लगायतका महत्त्वपूर्ण राजनीतिक उपलब्धिहरू प्राप्त गरेका छौँ । तिनको रक्षा गर्नुपर्ने सबैको दायित्व हो ।’
सबैखाले प्रतिगमनकारी, निरङ्कुश र असंवैधानिक दुस्प्रयासहरुका विरुद्ध खबरदारी गर्नुपर्ने पनि उनको भनाइ छ ।
साथै संविधानले निर्दिष्ट गरेको समाजवाद स्थापनाको बाटोमा दृढतापूर्वक अघि बढ्न उनले अपिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा अलपत्र परेका यात्रुलाई गन्तव्यमा पुर्याउन आइतबार पनि स्कर्टिङ
-
प्रत्येक वर्ष बढ्दैछ रक्षाको बजेटः हतियार खरिददेखि सेनाको तलब भत्तामा ठूलो खर्च
-
लुम्बिनी प्रदेश : नयाँ सांसद पठाउन आन्तरिक छलफलमा जनमत पार्टी
-
राउटेमाथि किन भइरहेका छन् दुर्व्यवहारका घटना ?
-
राजावादी आन्दोलनमा रवीन्द्र र धवलशमशेर ‘गुमनाम’
-
प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण