यूईएफए कन्फरेन्स लिगको उपाधि जित्दै इतिहास रच्यो चेल्सीले
सारांश
- चेल्सीले रियल बेटिसलाई ४-१ गोलले हराएर यूईएफए कन्फरेन्स लिग फुटबलको उपाधि जित्यो।
- खेलमा पछि परेको चेल्सीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गर्यो, एन्जो फर्नान्डेजले गोल गरे।
- चेल्सी यूईएफएका पाँचवटै महत्त्वपूर्ण प्रतियोगिता जित्ने पहिलो टोली बन्यो, जसले इतिहास रचेको छ।
काठमाडौँ । यूईएफए कन्फरेन्स लिग फुटबल प्रतियोगिताको उपाधि इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले जितेको छ । चेल्सीले बुधबार राति खेलिएको फाइनलमा बलियो स्पेनिस प्रतिद्वन्द्वी रियल बेटिसलाई ४–१ गोलले हराउँदै उपाधि कुम्ल्याएको हो ।
खेलमा उत्कृष्ट पुनरागमन गर्दै चेल्सीले नतिजा आफ्नो पक्षमा पारेको हो । खेल सुरु भएको नवौँ मिनेटमै घरेलु टोली रियल बेटिसले अग्रता लिएको थियो । रियल बेटिसका लागि अब्दे इजलजुलीले गोल गरेका थिए ।
सोही गोलका कारण पहिलो हाफमा रियल बेटिस अगाडि रह्यो । तर, खेलको दोस्रो हाफमा भने चेल्सीले उत्कृष्ट पुनरागमन गर्यो । चेल्सीका लागि ६५औँ मिनेटमा एन्जो फर्नान्डेजले पहिलो गोल गरेका थिए ।
चेल्सीका लागि निर्धारित समयको ७०औँ मिनेटमा निकोलस ज्याक्सनले दोस्रो गोल गरेका थिए । ८३औँ मिनेटमा जाडन सान्चोले चेल्सीलाई ३–१ गोलको अग्रता दिलाएका थिए । चेल्सीका लागि चौथो गोल भने दोस्रो हाफको इन्जुरी समयमा मोइसेस काइसेडोले गरेका थिए ।
जितपछि चेल्सीका प्रशिक्षक एन्जो मारेस्काले क्लबका लागि यो महत्त्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिए । उनी सन् २०२४ मा चेल्सीको प्रमुख प्रशिक्षक बनेका हुन् । त्यसअघि उनी लेस्टर सिटीको प्रशिक्षक थिए ।
यो उपाधिसँगै चेल्सीले इतिहास पनि रचेको छ । चेल्सी यूईएफएद्वारा आयोजित क्लबस्तरीय पाँचवटै महत्त्वपूर्ण प्रतियोगिताको उपाधि जित्ने पहिलो टोली बनेको छ ।
चेल्सीले च्याम्पियन्स लिग, युरोपा लिग, कन्फरेन्स लिग, सुपर कप र डेफन्ट कप विनर्स कपको उपाधिको उपाधि चुम्दै यस्तो उपलब्धि हासिल गरेको हो ।
यसका अतिरिक्त, चेल्सी सन् २००२ पछि यूईएफए क्लब प्रतियोगिताको फाइनलमा कुनै पनि स्पेनिस प्रतिद्वन्द्वीलाई उसैको घरेलु मैदानमा हराउने पहिलो विदेशी टोली पनि बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण