मस्कले छोडे ह्वाइट हाउस, डजलाई भने निरन्तरता दिने
सारांश
- एलन मस्कले ट्रम्प प्रशासनसँगको आफ्नो समय पूरा भएको बताए। उनले एक्समा पोस्ट गर्दै ट्रम्पलाई धन्यवाद दिए।
- ट्रम्पले मस्कलाई सरकारी खर्च घटाउने जिम्मेवारी दिएका थिए र उनलाई सरकारी दक्षता विभाग (डज) को नेतृत्व सुम्पिएका थिए।
- मस्कले डज मिसन समयसँगै बलियो हुँदै जाने र सरकारमा बानी बन्ने कुरा व्यक्त गरे।
वासिङटन डीसी । अमेरिकी खर्बपति व्यापारी तथा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सह–संस्थापक एलन मस्कले ट्रम्प प्रशासनसँगको आफ्नो समय पूरा भएको बताएका छन् । आफ्नो माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोष्टमा उनले यो जानकारी दिएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई संघीय सरकारको सरकारी खर्च घटाउने जिम्मेवारी दिएका थिए । जनवरीमा ट्रम्प दोहोर्याएर ह्वाइट हाउस छिरेपछि उनले मस्कलाई नयाँ खडा गरिएको सरकारी विभाग सरकारी दक्षता विभाग (डज) को नेतृत्व सुम्पिएका थिए ।
‘विशेष सरकारी कर्मचारीको रूपमा मेरो तोकिएको समय पूरा भएको छ । यस अवसरमा अनावश्यक सरकारी खर्च घटाउने अवसर मलाई दिएकोमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिन चाहन्छु ।’ बिहीबार एक्सको पोष्टमा मस्कले लेखेका थिए ।
‘समयसँगै डज मिसन अझ बलियो हुँदै जानेछ र यो सरकारमा बानी बन्नेछ ।’ पोष्टमा अझ अगाडि लेखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण