शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मस्कले छोडे ह्वाइट हाउस, डजलाई भने निरन्तरता दिने

बिहीबार, १५ जेठ २०८२, ११ : २१
बिहीबार, १५ जेठ २०८२

समाचार सारांश

  • एलन मस्कले ट्रम्प प्रशासनसँगको आफ्नो समय पूरा भएको बताए। उनले एक्समा पोस्ट गर्दै ट्रम्पलाई धन्यवाद दिए।
  • ट्रम्पले मस्कलाई सरकारी खर्च घटाउने जिम्मेवारी दिएका थिए र उनलाई सरकारी दक्षता विभाग (डज) को नेतृत्व सुम्पिएका थिए।
  • मस्कले डज मिसन समयसँगै बलियो हुँदै जाने र सरकारमा बानी बन्ने कुरा व्यक्त गरे।

वासिङटन डीसी ।  अमेरिकी खर्बपति व्यापारी तथा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सह–संस्थापक एलन मस्कले ट्रम्प प्रशासनसँगको आफ्नो समय पूरा भएको बताएका छन् । आफ्नो माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोष्टमा उनले यो जानकारी दिएका हुन् ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई संघीय सरकारको सरकारी खर्च घटाउने जिम्मेवारी दिएका थिए । जनवरीमा ट्रम्प दोहोर्याएर ह्वाइट हाउस छिरेपछि उनले मस्कलाई नयाँ खडा गरिएको सरकारी विभाग सरकारी दक्षता विभाग (डज) को नेतृत्व सुम्पिएका थिए ।

‘विशेष सरकारी कर्मचारीको रूपमा मेरो तोकिएको समय पूरा भएको छ । यस अवसरमा अनावश्यक सरकारी खर्च घटाउने अवसर मलाई दिएकोमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिन चाहन्छु ।’ बिहीबार एक्सको पोष्टमा मस्कले लेखेका थिए । 

‘समयसँगै डज मिसन अझ बलियो हुँदै जानेछ र यो सरकारमा बानी बन्नेछ ।’ पोष्टमा अझ अगाडि लेखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप