शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

ललितपुरमा बंगालादेशी नागरिकलाई बन्धक बनाएको आरोपमा ५ भारतीय पक्राउ

बिहीबार, १५ जेठ २०८२, ११ : ४०
बिहीबार, १५ जेठ २०८२

सारांश

  • काठमाडौंमा बंगलादेशी नागरिकलाई बन्धक बनाएको आरोपमा ५ जना भारतीय पक्राउ परेका छन्।
  • उनीहरूले फिरौतीका लागि ललितपुरस्थित एक घरमा बन्धक बनाएको प्रहरीको भनाइ छ।
  • पक्राउ पर्नेमा शिव सौरभ, दीपक कुमार, संदिप कुमार, जसप्रित सिंह र रमेश जाधव रहेका छन्।

काठमाडौँ । नेपाल घुम्न आएका बंगलादेशका नागरिकहरूलाई बन्धक बनाएको आरोपमा प्रहरीले ५ जना भारतीयलाई पक्राउ गरेको छ । आरोपीहरूले ललितपुर महानगरपालिका–१५ स्थित एक घरमा बन्धक बनाएर आफन्तसँग फिरौती मागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बिहीबार जानकारी दिए । 

पक्राउ पर्नेमा भारतको नयाँ दिल्ली घर भएर ललितपुर बस्ने ३८ वर्षीय शिव सौरभ, पन्जाब घर भएका ३२ वर्षीय दीपक कुमार, ३६ वर्षीय संदिप कुमार, ३८ वर्षीय जसप्रित सिंह र ६४ वर्षीय रमेश जाधव छन् ।

उनीहरूलाई परिसर काठमाडौँ र गौशालाबाट खटिएको टोलीले काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । जेठ १४ मा काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर उनीहरूमाथि अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप